मुद्दाको किनारा र सर्वपक्षीय सहमति बेगर पाथीभरामा केवलकार निर्माण प्रकृया अघि नबढाऊ ः नेकपा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ११ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले केवलकार निर्माणको प्रकृया सर्वोच्च अदालतमा समेत बिचाराधिन रहेको भन्दै मुद्दाको किनारा र सर्वपक्षीय सहमति बेगर ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण कार्य अघि नबढाउन निर्माण कम्पनीलाई आग्रह गरेको छ ।

स्थानीय समुदायको कम्तिमा ५१ प्रतिशत शेयर सहित सर्वपक्षीय सहमतिमा झडप र मुडभेडबिहिन तवरले मात्र निर्माण कार्य अघि बढाउनुपर्ने तर्क नेकपाले अघि सारेको हो । शुक्रवार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत पाथीभरा(मुक्कुम्लुङ) केवलकार योजना बारे आफ्नो धारणा सार्वजनिक गर्दै नेकपाले आयोजना प्रयोजनका लागि जग्गाको अस्वभाविक मूल्याङ्कन गरी खरिद बिक्री भएको भन्दै उक्त प्रकृया खारेज हुनुपर्ने माग गरेको छ ।‘योजनाको मालिक स्थानीय समुदाय हुनुपर्छ,त्यसपछि मात्र लाभाँस र योजनामा समुदायको स्थानीय अपनत्व स्थापित हुन्छ’नेकपाका नेता ‘असल सी’ले भन्नुभयो ।

नेपाल आईएलओ १६९ अन्तराष्ट्रिय महासन्धीको पक्षराष्ट्र समेत भएको स्मरण गर्दै नेकपाले स्थानीय समुदायको सामाजिक तथा साँस्कृतिक अधिकारको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सर्वपक्षीय सहमतिमा केवलकार निर्माण हुने वातावरण तयार भएपछि उक्त योजनाको ५१ प्रतिशत शेयर स्थानीय समुदायलाई सुनिश्चित गर्नुपर्ने समेत नेकपाले भनेको छ ।

जिल्ला इञ्चार्ज ‘नरपति सी’ र सेक्रेटरी ‘अविसेक सी’द्धारा हस्ताक्षरित विज्ञप्तिमा पाथीभरा(मुक्कुम्लुङ) केवलकार निर्माणको बिषयमा स्थानीय समुदायसंग लामो समय देखि रहँदै आएको बिबादलाई सर्वपक्षीय सहमतिमा निरुपण गर्नुपर्ने उल्लेख गरिएको छ । ‘झडप र मुडभेड पनि नहोस्,सर्वपक्षीय सहमति बनोस्,कानुनी बैधताको समस्या समाधान भएको होस् र योजनाको मालिक स्थानीय समुदाय नै होऊन्,यि बिषयको समाधान पछि केवलकार बनोस् भन्ने हाम्रो धारणा हो’नेकपाका नेता ‘असल सी’ले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts