ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि आठराई त्रिबेणीलाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ५ । ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि आठराई त्रिबेणी गाउँपालिकाले हात पारेको छ । कूल ६६ स्वर्णमध्ये ३५ स्वर्ण जितेको आठराईले १८ रजत र कास्य सहित ५८ पदक जित्यो ।

दोस्रो बनेको फुङलिङ नगरपालिकाले २१ स्वर्ण,८ रजत र २ कास्य सहित ३१ प्दक हात पा¥यो । ३ स्वर्ण,४ रजत र ५ कास्य सहित मैवाखोला गाउँपालिका १२ पदक सहित तृतीय हुँदा ३ स्वर्ण,२ रजत र ३ कास्य सहित ८ पदकका साथ पाथीभरा याङवरक गाउँपालिका चौथो भएको छ । २ स्वर्ण,७ रजत र ३ कास्य गरी कूल १२ पदकका मैवाखोला गाउँपालिका पाँचौं भएको छ भने १ स्वर्ण,२ रजत र ६ कास्य सहित ९ पदकका साथ सिदिङ्वा गाउँपालिका छैटौं भएको छ ।

१ स्वर्ण,१ रजत र ४ कास्य गरी कूल ६ पदकका साथ मेरिङदेन गाउँपालिका सातौं भयो । फक्ताङ्लुङ र सिरिजङ्गा गाउँपालिका स्वर्णविहिन भए । सिरिजङ्गा गाउँपालिकाले ४ रजत र ३ कास्य सहित ७ पदकका साथ आठौं स्थान बनाउँदा फक्ताङलुङ गाउँपालिका १ रजत र ३ कास्य सहित ४ पदकका साथ नवौं स्थानमा रहयो ।

कूल ६६ स्वर्ण,६६ रजत र ७० कास्य पदक गरी १ सय ७० पदकका लागि आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीस्थित महभीर खेल मैदानमा यहाँका ९ स्थानीय तहका करिव ९ सय खेलाडीले प्रतिश्पर्धा गरेका थिए । यसैबीच आगामी बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकामा हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र(गणेश)मावोले खेलकुदको झण्डा मैवाखोला गाउँपालिकाका प्रवक्त एवम् वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङलाई हस्तान्तरण गरी आगामी बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको जिम्मेवारी मैवाखोला गाउँपालिकालाई सुम्पिएको घोषणा गर्नु भएको छ ।

यसबर्षको जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन भने आठराई त्रिबेणी गाउँपालिकाले गरेको थियो । पालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले गाउँघरमा लुकेका खेल प्रतिभाको पहिचान तथा उनीहरुको प्रतिभाको गुणस्तरीय सम्मानका लागि आफुहरु यसबर्षको प्रतियोगिताको आयोजक बनेको जानकारी दिनुभयो । फागुन १ देखि ४ गते सम्म प्रतियोगिता सञ्चालन भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts