सरकारको चरम असफलताले व्यवस्था बिरोधीलाई फाइदा पुग्यो,सरकारको विकल्प खोजौं ः भट्टराई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २१ । एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारको चरम असफलताले व्यवस्था बिरोधीलाई फाइदा पुगिरहेको भन्दै गठबन्धन सरकारको बिगठन अनिवार्य रहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल ताप्लेजुङले आइतवार फुङलिङमा आयोजना गरेको पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले व्यवस्था परिवर्तन सम्भव नहुने बताउनुभयो । वर्तमान सरकार हरेक कुरामा असफल हुँदै आएको जिकिर गर्दै यहीँ असफलतालाई टेकेर व्यवस्था बिरोधीहरु सल्बनाउन थालेको भन्दै भट्टराईले एक देशमा पटक–पटक व्यवस्थाको परीक्षण नहुने दावी गर्नुभयो ।‘राजतन्त्र नेपालको ईतिहाँस हो,त्यो न भबिष्य हो न त बर्तमान’भट्टराईले भन्नुभयो । पृथ्वीनारायण शाह बाहेक नेपालको विकास र समृद्धिका लागि कुनैपनि शाहवंशीय राजाको एकरती पनि योगदान नरहेको भट्टराईको भनाई थियो । पृथ्वीनारायणले छरिएर रहेका राज्यहरुलाई एकिकरण गर्दै ब्रिटिस उपनिवेश बिरुद्ध लड्ने उच्च साहस गरेका कारण उनको योगदानलाई मान्न सकिने भट्टराईले बताउनुभयो ।

राजतन्त्रको बहस नेपालका लागि अब तर्कको बिषय बन्नै नसक्ने समेत उहाँले बताउनुभयो । ईतिहाँसकै सबैभन्दा भ्रष्ट,आर्थिक धराशायी गराउने,अन्तराष्ट्रिय सम्वन्ध सन्तुलित राख्न नसक्ने अवस्थाको बनाएर बर्तमान गठबन्धन सरकारले व्यवस्था बिरोधीलाई फाइदा पु¥याईरहेको भट्टराईले आरोप लगाउनुभयो । कर्मचारीलाई तलवभत्ता खुवाउन समेत डेढ खर्व आन्तरिक ऋण लिनुपर्ने अवस्थामा देश पुगेकोले बर्तमान सरकारको विकल्प खोज्नु अनिवार्य रहेको उहाँको भनाई थियो । ‘व्यवस्था परिवर्तन सम्भव छैन त्यही भएर व्यवस्थालाई सही रुपले परिचालन गर्न असफल सरकार परिवर्तन गरौं,गठबन्धनले मिलेर देश तहसनहस बनाए’उहँले भन्नुभयो ।

गठबन्धन पक्षधर मान्छे जोगाउने बहानामा सुनकाण्ड,भुटानी शरणार्थी काण्ड,ललिला निवास काण्ड र पछिल्लो समयमा अरुण चौधरी सहितका व्यवसायी प्रकाउ प्रकरणका बारेमा गहिरो अनुसन्धान गर्न सरकार चुकिरहेको उहाँले बताउनुभयो । भन्नुभयोे‘सरकार अनुसन्धानका लागि के–के न गर्छु भनेर तात्छ,अनि जब गठबन्धनका मान्छे मुछिन थाल्छन्,अनुसन्धानका संलग्न अधिकारीको सरुवा गर्छन्,नभए अनुसन्धान फितलो बनाउँछन्’ । व्यवस्था परिवर्तनकारीको गलत मुद्या उठाउनेलाई फाइदा पुग्ने अवस्थाबाट फर्किएर मुलुक जोगाउन काँग्रेसले आफ्नो कित्ता क्लियर गर्नुपर्ने भट्टराईले बताउनुभयो । उहाँले थप्नुभयोे‘काण्डैकाण्डको कहाली लाग्दो देशको यो अवस्था मुक्त गराउन काँग्रेसले बर्तमान सरकारको विकल्प बारे सोच्नु पर्छ’ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts