ताप्लेजुङका ६१ वटा वडालाई बिपद्का दृष्टीले गरियो बर्गिकरण,झण्डै ७० प्रतिशत वडा उच्च जोखिममा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १३ । जिल्ला बिपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढी पहिरो,आगलागी,खडेरी र चट्याङको जोखिमका दृष्टीले वर्गिकरण गरेको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिले चालू आर्थिक बर्ष २०८०।८१ का लागि बनाएको बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार आगलागीका हिसावले ४१ वटा वडा उच्च जोखिममा देखिएका छन् । बाढी तथा पहिरो र खडेरीका दृष्टीले भने ४० वटा वडा उच्च जोखिममा देखिएको प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले तयार पारेको योजना अनुसार चट्याङका हिसावले भने जिल्लाभरमै उत्तिकै जोखिम छ । आगलागीका दृष्टीले फुङलिङ नगरपालिकाको २ देखि ९ सम्मका वडा उच्च जोखिमा छन् । बाँकी मध्यम जोखिममा रहेको पूर्व तयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

यस्तै सिरिजङ्गा गाउँपालिकाको वडा नं १,सिदिङ्वा गाउँपालिकाको वडा नं ४,फक्ताङ्लुङ गाउँपालिकाको १ देखि ६ नम्बर सम्मका वडा,मिक्वाखोला गाउँपालिकाको वडा नं ४ बाहेक बाँकी ४ वटा वडा र मेरिङदेन गाउँपालिकाको वडा नं ४ बाहेक बाँक ५ वटा वडा उच्च जोखिममा रहेका छन् । यस्तै मैवाखोला गाउँपालिकाको ६ नम्बर वडा बाहेक बाँकी ५ वटा वडा तथा आठराई त्रिबेणी गाउँपालिकाका सबै ५ वटै वडा तथा पाथीभरा याङ्वरक गाउँपालिकाको सबै ६ वटै वडा उच्च जोखिममा रहेको बिपद् व्यवस्थापन समितिले आफ्नो प्रतिकार्य योजनामा उल्लेख गरेको छ ।

एक नगरपालिका र आठ गाउँपालिका सहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा जिल्ला बिपद् व्यवस्थापन समितिले पालिका प्रमुखहरुकै उपस्थिति र परार्मशमा बिपद्का दृष्टीले जोखिमयुक्त क्षेत्र पहिचान गर्ने गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला बिपद् व्यवस्थापन समितिमा स्थानीय तहका प्रमुखहरु पदेन सदस्य हुनेछन् । बाढी र पहिरोका हिसावले भने फुङलिङ नगरपालिकाको वडा नं १,६,८,९,१० र ११ उच्च जोखिममा छन् भने वडा नं ३,४ र ७ मध्यममा तथा वडा नं २ र ५ न्यून जोखिममा छन् ।

सिरिजङ्गा गाउँपालिकाको १,५,६,७ र ८ नम्बर वडा उच्च जोखिममा हुँदा २,३ र ४ नम्बर वडा मध्य जोखिममा छन् । सिदिङ्वा गाउँपालिकाको वडा नं १,२,३,५,६ र ७ नम्बर वडा उच्च जोखिममा पर्दा वडा नं ४ मध्य जोखिममा देखिएको छ । यस्तै पाथीभरा याङवरक गाउँपालिकाको वडा नं १,३,५ र ६ उच्च जोखिममा तथा वडा नं २ र ४ मध्य जोखिममा रहेका छन् ।

फक्ताङ्लुङ गाउँपालिकाको ७ वटै वडा उच्च जोखिममा हुँदा मिक्वाखोला गाउँपालिकाको वडा नं १,२,३ र ४ उच्च जोखिममा तथा वडा नं ५ मध्यम जोखिममा रहेका छन् । मेरिङदेन गाउँपालिकाको १,२ र ४ उच्च जोखिममा तथा ३,५ र ६ मध्य जोखिममा परेका छन् । यस्तै मैवाखोला गाउँपालिकाको २,३ र ४ उच्च जोखिममा र वडा नं १,५ र ६ मध्य जोखिममा तथा आठराई त्रिबेणी गाउँपालिकाको वडा नं १,२ र ५ उच्च जोखिममा र ३ र ४ मध्यम जोखिममा परेका छन् ।

खडेरीका दृष्टीले फुङलिङ नगरपालिकाको वडा नं ५,मैवाखोला गाउँपालिकाको वडा नं ३ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ४ र ५ न्यून जोखिममा परेका छन् । सिरिजङ्गा गाउँपालिकाको वडा नं १,५,६,७ र ८ उच्च जोखिमा पर्दा वडा नं २,३ र ४ मध्यम जोखिममा परेका छन् । ७–७ वटा वडा रहेको सिदिङ्वा गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाका सबै वडा खडेरीका दृष्टीले उच्च जोखिममा देखिएका छन् । पाथीभरा याङ्वरक गाउँपालिकाको १,२,५ र ६ उच्च जोखिममा तथा वडा नं ३ र ४ मध्यम जोखिममा रहेका छन् ।

फुङलिङ नगरपालिकाको १,२,६,८,९ र १० नम्बर वडा उच्च जोखिममा पर्दा वडा नं ३,४,७ र ११ मध्यम जोखिममा छन् । मिक्वाखोला गाउँपालिकाको वडा नं १,२,३, र ५ उच्च जोखिममा तथा वडा नं ४ मध्यम जोखिममा पर्दा मेरिङदेन गाउँपालिकाको वडा नं १,२ र ३ उच्च जोखिममा तथा वडा नं ४,५ र ६ मध्यम जोखिममा रहेका छन् । यस्तै मैवाखोला गाउँपालिकाको वडा नं १ र ५ उच्च जोखिममा तथा २,४ र ६ नम्बर वडा मध्य जोखिममा पर्दा आठराई त्रिबेणी गाउँपालिकाको वडा नं १ र २ उच्च जोखिममा तथा वडा नं ३ मध्य जोखिममा परेका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts