मेरिङदेन पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पृथ्वी मावि बिजेता

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पृथ्वी मावि खाम्लुङ बिजेता बनेको छ ।

१६ स्वर्ण,६ रजत तथा ४ काश्य सहित कूल २६ पदक हात पार्दै पृथ्वी मावि पहिलो बिजेत बनेको हो । त्यस्तै ५ स्वर्ण, २ रजत तथा ६ कास्य पदक सहित पान्दोलुङ मावि नाल्बु दोश्रो हुँदा २ स्वर्ण, ९ रजत र ५ काश्य पदक सहित सूर्यदेवी मावि सान्थाक्रा तृतीय भएको छ ।

गाउँपालिकाका अध्यक्ष युकहाँगवीर(डम्बर) हाङ्गाम,निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाह, पालिकाको सामाजिक विकास समिति संयोजक समेत रहनु भएका वडा नं २ का वडाध्यक्ष,तेजकुमार चोङवाङ तथा मेरिङदेन गाउँपालिका वडा नं ४ वडाध्यक्ष वेदप्रसाद हाङ्गाम लिम्बू सहितले बिजयी टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रशंसापत्र बितरण गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts