ताप्लेजुङमा सन्तोलाको उत्पादनमा सामान्य बृद्धि

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २७ । ताप्लेजुङमा सन्तोला उत्पादनमा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापा मगरका अनुसार आर्थिक वर्ष २०७९।८० मा ३ हजार ५६ मेट्रिकटन सन्तोला उत्पादन भएको छ । आ.व २०७८।७९ मा भने ३ हजार २० मेट्रिकटन उत्पादन भएको थियो । थापाका अनुसार आव २०७९।८० मा ताप्लेजुङमा ३ सय ९२ हेक्टर क्षेत्रफलमा सन्तोला खेति लगाइएको थियो ।

ताप्लेजुङ जिल्लामा ५ सय ५ हेक्टर क्षेत्रफलमा सन्तोला लगाउन सकिने खेतीयोग्य जमिन रहेको छ । आ.व २०७८।२०७९ मा भने ३ सय ९० हेक्टर क्षेत्रफलमा मात्र सन्तोला खेति गरिएको थियो । उत्पादकत्व र सन्तोला खेति गरिएको क्षेत्र समेतमा केहि बृद्धि भएका कारण सन्तोला उत्पादनमा बृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । केन्द्रका अनुसार आव २०७८।७९ मा उत्पादकत्व प्रति हेक्टर ७.७६ मेट्रिकटन रहेकोमा आव २०७९।८० उत्पादकत्वमा बृद्धि भई प्रति हेक्टर ७.८० मेट्रिकटन पुगेको छ ।

सन्तोलाको बोटमा रमाउँदै एक स्थानीय ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts