ताप्लेजुङको हाङ्देवामा आगलागी,२ घर जल्दा झण्डै २४ लाख रुपैयाँ हाराहारीको क्षति

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवामा दुईवटा घरमा आगलागी हुँदा साढे २३ लाख बढीको क्षति भएको छ ।

बिहीबार स्थानीय प्रेमबहादुर लिम्बू र रामबहादुर लिम्बूको घरमा आगलागी हुँदा २३ लाख ८० हजार ४ सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङगा माटोले बनेको फुसको छाना भएको २–२ तले घर जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

आगलागीबाट नगद १ लाख ४५ हजार, १ तोला सुन, चाँदी, लत्ताकपडा, खाद्यन्न जलेर नष्ट भएका छन् । घरमा विद्युतसर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts