|

कार्यकर्ता रिहाइसँगै यातायात बन्द फिर्ता

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १९ । कोशी नामाकरणविरुद्ध आन्दोलन गरिहेको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको यातायात बन्द फिर्ता लिएको छ । पक्राउ परेका कार्यकर्ता रिहाइ हुने निश्चित भएसँगै संघर्ष समितिले बिहीबार अपराह्नदेखि मेची राजमार्गमा गरेको यातायात बन्द फिर्ता लिएको हो ।
प्रहरीद्वारा पक्राउ गरिएका कार्यकर्ता बुलेट किराँती (आन्जेस राई) को बिनासर्त रिहाइ गर्नुपर्ने माग राखेर संघर्ष समितिले बुधबार र बिहीबार दुई दिन मेची राजमार्ग बन्दको आह्वान गरेको थियो । इलाममा पक्राउ परेका राईको रिहाइ हुने भएपछि समितिले विज्ञप्ति जारी गर्दै यातायात फिर्ता लिएको जनाएको छ । विज्ञप्तिअनुसार बिहीबार दिउँसो २ बजेदेखि यातायात बन्द फिर्ता लिएको उल्लेख गरिएको छ ।
यता समितिले आह्वान गरेको बन्दका कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लाअन्तर्गत मेची राजमार्गमा बुधबारदेखि यातायात ठप्प भएको थियो । यातायात ठप्प हुँदा यात्रुले यात्रा गर्न पाएका थिएनन् । बिहीबार आज अपराह्नपछि बन्द फिर्ता भएसँगै मेची राजमार्गमा छोटो दुरीका सवारी साधन सञ्चालन हुने यातायात व्यवसायीले बताएका छन् । बन्द खुलेपनि ताप्लेजुङदेखि भने मेची राजमार्गमा शुक्रबार बिहानदेखि मात्र सवारी साधन चल्ने नीय यातायात व्यवसायीहरुले जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts