| |

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा सरसफाई

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १६ । नेपाली काँग्रेस ताप्लेजुङले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा सदरमुकाम फुङ्लिङमा सरसफाई गरेको छ । दिवसको अवसरमा नेपाली काँग्रेसले सोमबार फुङ्लिङ बजार र तोक्मेडाँडास्थित बसपार्क क्षेत्रमा सरसफाई गरेको हो ।
काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तृम्याहाङको नेतृत्वमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । फुङ्लिङ बजार र बसपार्क क्षेत्रको सरसफाई गरिनुका साथै ठाउँ ठाउँमा फोहोर दानी (डस्विन) राखिएको पनि सो पार्टीले जनाएको छ ।
सरसफाई कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायत भातृसंस्थामा आवद्ध कार्यकर्ताको सहभागी बनेका थिए । काँग्रेसका संस्थापक बीपी कोइरालासहितका नेता आठ वर्षसम्म निर्वासनमा रहेर २०३३ साल पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरणमा त्यस दिन अर्थात पुस १६ गते कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts