ताप्लेजुङको फुङलिङमा ६९ परिवार भूमिहीन सुकुम्बासी, दलित भूमिहीन २८ परिवार,१२ परिवार अव्यवस्थित बसोबासी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ६ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा सबैभन्दा बढी भूमिहीन सुकुम्बासी रहेको पाईएको छ ।

६९ परिवार भूमिहीन सुकुम्बासी हुँदा दलित भूमिहीनको संख्या २८ रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङले जनाएको छ । १२ परिवार अव्यवस्थित बसोबासी रहेको पाइएको छ । आयोगका जिल्ला अध्यक्ष अध्यक्ष कृष्णकुमार बस्नेतका अनुसार फुङलिङ नगरपालिकाको वडा नं १, २, ३, ४ ९ र ११ मा अव्यवस्थित बसोबासी छैनन् । वडा नम्बर ५, ६, ७, ८ र १० मा अव्यवस्थित बसोबासी रहेको पाइएको छ ।

वडा नम्बर ७ र वडा नं १० मा दलित भूमिहीन नपाइएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङले जनाएको छ । समितिका अनुसार फुङलिङ नगरपालिका वडा नं १ मा दलित भूमिहीन ६ परिवार र भूमिहिन सुकुम्बासी ३ परिवार रहेका छन् । यसैगरी वडा नं २ मा दलित भूमिहीन १ परिवार र भूमिहिन सुकुम्बासी ६ परिवार रहेका छन् । यसैगरी वडा नं ३ मा दलित भूमिहीन १० परिवार र भूमिहीन सुकुम्बासी १३ परिवार रहेका छन् । वडा नं ४ मा दलित भूमिहीन २ परिवार र भूमिहीन सुकुम्बासी ८ परिवार रहेका छन् । वडा नं ५ मा दलित भूमिहीन ३ परिवार, भूमिहीन सुकुम्बासी २ परिवार र अव्यवस्थित बसोबासी ३ परिवार रहेका पाइएको छ ।

वडा नं ६ मा दलित भूमिहीन १ परिवार,भूमिहीन सुकुम्बासी ५ परिवार र अव्यवस्थित बसोबासी १ परिवार रहेका छन् । यसैगरी वडा नं ७ मा भूमिहीन सुकुम्बासी ५ परिवार र अव्यवस्थित बसोबासी १ परिवार रहेका छन् । वडा नं ८ मा दलित भूमिहीन ४ परिवार, भूमिहीन सुकुम्बासी १ परिवार र अव्यवस्थित बसोबासी १ परिवार रहेका छन् । वडा नम्बर ९ मा दलित भूमिहीन २ परिवार र भूमिहीन सुकुम्बासी १५ परिवार रहेका छन् ।

वडा नम्बर १० मा भूमिहीन सुकुम्बासी ४ परिवार र अव्यवस्थित बसोबासी ६ परिवार रहेका छन । वडा नम्बर ११ मा भने दलित भूमिहीन २ परिवार र भूमिहीन सुकुम्बासी ७ परिवार रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति ताप्लेजुङले जनाएको छ । आयोगका अनुसार ताप्लेजुङका ९ मध्ये फुङलिङ नगरपालिकामामात्र दलित भूमिहीन,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान टुङ्गिएको हो । अरु ८ वटा गाउँपालिकामा यो बिषय प्रकृयाको रुपमा रहेको भूमी आयोगको जिल्ला समितिले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts