ताप्लेजुङको पाथीभरा याङ्वरकले बिषयगत शाखा प्रमुखलाई प्रदान गर्यो कार्य बिबरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ३ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका शाखा प्रमुखहरुलाई कार्य बिवरण प्रदान गरेको छ ।

गाउँ कार्यपालिकाले पालिकाका प्रमुख प्रशासकीय अधिकृतसंग कार्य सम्पादन सम्झौता गरेको केहि समयपछि प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेले पालिकाका बिषयगत शाखका प्रमुखहरुलाई कार्य बिबरण प्रदान गर्नु भएको छ ।‘हामीले नियमित गर्नुपर्ने कामका बारेमा अवगतै भएपनि कार्य सम्पादनलाई थप चुस्त र व्यवस्थित बनाउन शाखा प्रमुखहरुलाई कार्य बिवरण प्रदान गरेका हौं’प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भन्नुभयो । यसघि पालिका उपाध्यक्ष रनमाया गुरुङको उपस्थितिमा पालिका अध्यक्ष केशरकुमार सुब्बाले प्रमुख प्रशासकीय अधिकृत घिमिरेसंग कार्य सम्पादन सम्झौता गर्नु भएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा प्रमुख प्रशासकीय अधिकृतले बिषयगत शाखाका प्रमुखहरुलाई कार्य बिबरण प्रदान गर्न सकिने व्यवस्था रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन कार्यविधि २०७७ मा स्थानीय सरकारको काम कारवाहीलाई व्यवस्थित,पारदर्शी,चुस्त र सेवाग्राहीमैत्री बनाउन अपनाईने बिबिध उपायमध्ये शाखा प्रमुखहरुलाई कार्य बिबरण प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । पालिकाको सेवा प्रवाहलाई व्यवस्थित,चुस्त,जनमुखी र पारदर्शी बनाउन पालिकाले बिषयगत शाखाहरुलाई कार्य बिबरण प्रदान गरी थप जिम्मेवारी बोध गराएको घिमिरेले जानकारी दिनुभयो ।

पालिकाले प्रशासन शाखा,पञ्जीकरण शाखा,राजश्व शाखा,पूर्वाधार विकास शाखा,महिला,बालबालिका तथा सामाजिक विकास शाखा,शिक्षा शाखा,स्वास्थ्य शाखा,वातावरण तथा बिपद् व्यवस्थापन शाखा,सहकारी शाखा,पशु सेवा शाखा,कृषि विकास शाखा,आर्थिक प्रशासन शाखा,जिन्सी शाखा,सूचना तथा प्रविधि शाखा,योजना शाखा र अध्यक्ष र उपाध्यक्षको निजी सचिवको जिम्मेवारी बारे कार्य बिबरण प्रदान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरे प्रशासन तथा जिन्सी शाखा प्रमुख शिवकुमार काम्वाङलाई कार्य बिबरण प्रदान गर्नुहुँदै ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts