घामको पहिलो झुल्कोसंगै झुल्केडाँडामा पुगेर ताप्लेजुङमा लैंगिक हिसा बिरुद्धको १६ दिने अभियान प्रारम्भ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ९ । पहिलो सूर्योदय देखिने क्षेत्र सुकेटार भन्दा केहि पर रहेको झुल्के डाँडामा पुगेर ताप्लेजुङमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान प्रारम्भ गरिएको छ ।

लैंगिक हिंसाको अन्त्य भई घामको झुल्को जस्तै न्यानो स्र्पश गर्न पाइयोस् भन्ने अवधारणाका साथ अभियानको प्रारम्भ झुल्के डाँडामा पुगेर प्रारम्भ गरिएको फुङलिङ नगरपालिकाका उपप्रमुख तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका नगर संयोजक भीमादेवी ओझाले बताउनुभयो । घामको पहिलो झुल्को संगै सुरु भएको अभियानले पारिलो घामको आनन्द जस्तै सफलता दिने उनको बिश्वास थियो । पहिलो सूर्योदय देखिने क्षेत्र भनेर चिनिने झुल्केडाँडा पछिल्लो समयमा आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै आएको छ ।

प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले लैंगिक हिंसा संगै सामाजिक,सास्कृतिक र आर्थिक हिंसा अन्त्यका लागि १६ दिने अभियान कामयावी हुने बिश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले आफुपनि हिँसा नगर्ने र हिंसा पनि नसहने प्रणालीनै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । महिला नेत्री चित्राकुमारी चंसु लिम्बूले हिंसा अन्त्यका लागि सामाजिक जागरणको आवश्यकता रहेको भन्दै १६ दिने अभियान त्यसकै एक अभवयको रुपमा रहेकोमा जोड दिनुभयो । अर्का महिला नेत्री गीताकुमारी सेन्दाङले लैंगिक हिंसाको सुरुवात आफैंबाट हुनुपर्ने भन्दै हिंसा अन्त्यका लागि सामुहिक प्रयासमा जोड दिनुभयो ।

प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिन्छ । नेपालमा बिक्रम् सम्वत् २०५४ साल देखि दिवस मनाउन थालिएको भएपनि यसले संस्थागत मान्यता भने केहि पछि मात्र पाएको देखिएको छ । सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिप(सिडब्लुजिएल)को सहयोगमा बिभिन्न २३ देशहरुमा लैंगिक हिंसा बिरुद्धको दिवस बनाउन थालिएको हो । सन् १९९९ बाट भने संयुक्त राष्ट्रंघले नोभेम्बर २५ लाई लैंगिक हिँसा बिरुद्धको अभियानको रुपमा आत्मसाथ गर्दै आएको छ । डोमोनिकल गणतन्त्र मिरावेल परिवारका तीनजना दिदीबहिनी क्रमशःपेट्रिया,मिर्नभा र मारियाले तत्कालिन त्रुजिलो सरकारले गरेको हिंसाका बिरुद्ध सन् १९६० नोभेम्बर २५ मा सुरु गरेको अभियान र संघर्षको स्मरण स्वरुप यो दिवस मनाउने गरिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts