यातायात व्यवसायी,चालक र सह–चालकलाई ट्राफिक जनचेतना

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ७ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले यातायात व्यवसायी,चालक र सह–चालकलाई सवारी सञ्चालनका बखत निर्वाह गर्नुपर्ने भूमिका ध्यानाकर्षण गराएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिनुभयो । डिएसपी लिम्बूले चालकहरुले प्रर्दशन गर्ने व्यवहारले धार्मिक पर्यटकीय स्थल ताप्लेजुङको चिनारी जनाउने भएकोले अनुशासित भएर सवारी साधन चलाउन र यात्रुसँग मित्रवत् व्यवहार संगै ट्राफिक नियमको पालना गर्न आग्रह गर्नु भएको छ । ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीसंगै सडक प्रयोगकर्ताको पनि उत्तिकै जिम्मेवारी र दायित्व रहने भएकोले सचेत भएर सबैले आफ्नो भूमिका र कर्तव्य पूरा गर्न आग्रह उहाँले आग्रह गर्नु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(असई) दीपक न्यौपानेले सवारी साधन सञ्चालन सम्वन्धी सचेतना अभिबृद्धिको काम ट्राफिक प्रहरीको मात्र नभई सवारी चालक र यातायात व्यवसायी समेतको हुनेमा जोड दिनुभयो । उहाँले सवारी चालक र यातायात व्यवसायी समेतले सवारी ट्राफिक जनचेतना प्रवाहमा ध्यान दिने यो अभियान अझ प्रभावकारी हुने बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts