चाडपर्वमा खुसियाली मनाउँदा समुदायका अरु सदस्यलाई असर पर्न दिनु हुन्न ः ताप्लेजुङ प्रशासन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २२ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वमा खुसियाली मनाउँदा टोल,छिमेकी र समुदायलाई असरपर्न नहुनेमा सचेत गराएको छ ।

देउसी भैलो सहितका कार्यक्रम राति १० बजे सम्म मात्र सञ्चालन गर्न पाइने गरी सूचित गर्दै प्रशासन कार्यालयले बुधवार सूचना जारी गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईद्धारा जारी सूचनामा तिहार तथा छैट पर्व खुसियालीको पर्व भएकोले खुसी मनाउँदा अन्य व्यक्ति,टोल,छिमेक र समुदाय र सार्वजनिक जीवनमा असर गर्न नहुनेमा सचेत गराईएको छ । यस्तै पटका,भुईचम्पा,आतिशबाजी सहितका बिष्फोटक तथा अति प्रज्वलनशिल पर्दाथको आयात,बिक्रीबितरण र ओसारपसार गर्न नपाईने प्रशासन कार्यालयले भनेको छ ।

जुवा,तास खेल्ने खेलाउने जस्ता कानुनले निशेध गरेका कार्य गरेको पाइए यस्तो कार्यमा संलग्नहरुलाई कानुन अनुसार कडा कारवाही हुने चेतावनी समेत प्रशासन कार्यालयले दिएको छ । प्रशासन कार्यालयले संस्कृतिको जर्गेना गर्न र शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न समेत सबैलाइ आग्रह गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts