भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा मात्रै १२८ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक १८ । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा गरी १ सय २८ जनाको मृत्यु भएको छ । दुबै ठाउँमा गरी १ सय ४० जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उहाँले बताउनुभयो । प्रवक्ता कडायतले भन्नुभयो, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’ भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts