काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला जारी,सहमतिमै महासमिति सदस्य चयन गर्ने प्रतिबद्धता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । नेपाली काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला शुक्रवारबाट फुङलिङमा सुरु भएको छ । भेलाको कार्यक्रमका प्रमुख अथिति तथा नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौरले उद्घाटन गर्नु भएको छ ।

महासमिति सदस्य छनौट समेत गर्नेगरी शुक्रवारबाट सुरु भएको भेला शनिवार सकिने छ । भेलाको उद्घाटन सत्रमा बोल्ने अधिकाँस स्थानीय नेताहरुले जिल्ला भेलापछि आफ्नो कार्यक्षेत्रमा गएर संगठन सुद्रिढीकरणमा लाग्न क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । काँग्रेस जिल्ला उपसभापति डिल्लीरमण बरालले अब काँग्रेसले कसैसंगको गठबन्धन बिना एक्लै चुनावी मैदानमा उभिनुपर्नेमा जोडदिनुभयो । पार्टीका बिभिन्न जिम्मेवारीमा रहेका नेता तथा तरुण र बिद्यार्थी नेताहरुले संगठन विगतका तितामिठा बिर्सिएर काँग्रेस बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टी जिल्ला सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गाामले पार्टीमा लामो समय काम गरेका,पार्टीमा बिशिष्ट योगदान पु¥याएका तथा पार्टीप्रति प्रतिबद्ध रहेकाहरुलाई सम्मान गर्दै सहमतिमा महासमिति सदस्य चयन हुने बिश्वास दिलाउनु भएको छ ।

कार्यक्रमलाई काँग्रेसका केन्द्रीय सदस्य उदयशमसेर राणा लगायतका नेताले सम्बोधन गर्नु भएको थियो । १४ औं अधिबेशन सकिएको करिव दुईबर्षपछि काँग्रेस ताप्लेजुङले महासमिति सदस्य चयन गर्न लागेको हो । काँग्रेस ताप्लेजुङको १४ जिल्ला अधिबेशन २०७८ साल असोज १५–१६ गते फुङलिङमा सम्पन्न भएको थियो । तर महासमिति सदस्य चयन भने भएको थिएन । ताप्लेजुङबाट काँग्रेसका ११ जना महासमिति सदस्य चयन हुनेछन् । महासमिति सदस्य बन्नका लागि न्यूनतम् योग्यता भनेको महाधिबेशन प्रतिनिधि चुनिनु हो । अर्थात् १४ औं अधिबेशनबाट महाधिबेशन प्रतिनिधि चयन भएका व्यक्तिहरुमात्र महासमिति सदस्यको प्रतिश्पर्धामा रहन्छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts