ताप्लेजुङका प्रजिअ चेम्जोङको सरुवा,नयाँ प्रजिअमा महिला नै आउँदै

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १६ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको सरुवा भएको छ । नयाँ प्रमुख जिल्ला अधिकारीमा महिला नै आउने हुनु भएको छ ।

चेम्जोङ ९ महिना अघि ताप्लेजुङको पहिलो महिला प्रमुख जिल्ला अधिकारी भएर आउनु भएको थियो । चेम्जोङको सरुवापछि ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारीमा हिरादेवी पौडेल आउने हुनु भएको छ । उहाँ राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा आउन लाग्नु भएको हो ।

पौडेल ताप्लेजुङको दोस्रो महिला प्रमुख जिल्ला अधिकारी हुनुहुने छ । चेम्जोङको इलाम जिल्ला प्रशासन कार्यालय दरबन्दी भई राष्ट्रिय बिपद् जोखिम न्यूनीकरणतथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा भएको छ । चेम्जोङ सरल व्यवहार,इमान्दार छबि,निर्णयमा अडिग र पारदर्शी शासनमा बिश्वास राख्ने प्रशासकको रुपमा दरिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts