काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला शुक्रवारबाट,झण्डै ११ सय प्रतिनिधि सहभागी हुँने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । महासमिति सदस्य छनौट समेत गर्नेगरी शुक्रवार र शनिवार नेपाली काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला हुने भएको छ ।

करिव एघारसय प्रतिनिधिको उपस्थितिमा यो भेला हुन लागेको नेपाली काँग्रेस केन्द्रीय प्रचार विभाग सदस्य समेत रहनु भएकी नेतृ शिला इजमले जानकारी दिनुभयो । जिल्ला भेलालाई सम्बोधन गर्न किशोरसिंह राठौर,उदयशमशेर जवरा सहितका नेता बिहीबार ताप्लेजुङ आईपुग्नु भएको छ । १४ औं अधिबेशन सकिएको बर्षदिन पछि काँग्रेसले महासमिति सदस्य चयन गर्न लागेको हो । काँग्रेस ताप्लेजुङको १४ जिल्ला अधिबेशन २०७८ साल असोज १५–१६ गते फुङलिङमा सम्पन्न भएको थियो । तर महासमिति सदस्य चयन भने भएको थिएन ।

काँग्रेसका जिल्ला सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामका अनुसार ताप्लेजुङबाट काँग्रेसका ११ जना महासमिति सदस्य चयन हुनुहुने छ । महासमिति सदस्य बन्नका लागि न्यूनतम् योग्यता भनेको महाधिबेशन प्रतिनिधि चुनिनु हो । अर्थात् १४ औं अधिबेशनबाट महाधिबेशन प्रतिनिधि चयन भएका व्यक्तिहरुमात्र महासमिति सदस्यको प्रतिश्पर्धामा रहन्छन् । हाङगामका अनुसार ताप्लेजुङमा काँग्रेसका २४ जना महाधिबेशन प्रतिनिधिको बिबरण अद्यावधिक छ । यो पार्टी त्याग गरेका र अनुशासनको कारवाहीमा रहेकाहरुको संख्या घटाई बाँकी रहेको संख्या मात्र रहेको काँग्रेस ताप्लेजुङले जनाएको छ । २४ जना महाधिबेशन प्रतिनिधि भित्रबाट ११ जना महासमिति सदस्य चयन हुनुहुने छ । यदि सर्वसम्मत हुन नसके २४ जना भित्रबाट ११ जना महासमिति सदस्यको चयनका लागि १४ औं अधिबेशनका लागि छानिएका क्षेत्रीय प्रतिनिधिद्धारा गरिएको मतदानबाट महासमिति सदस्यको टुङ्गो लगाईने भएको छ ।

काँग्रेसका जिल्ला सचिव हाङगामका अनुसार पदेन ५ सहित १ हजार ६४ जना काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका छन् । जस अनुसार क्षेत्र नं १(क)बाट ५ सय ६४ जना र १(ख)बाट ४ सय ९५ जना क्षेत्रीय प्रतिनिधि छन् । क्षेत्रीय प्रतिनिधिको यहिँ भेलालाई काँग्रेसले जिल्ला भेला भनेको छ । ताप्लेजुङ काँग्रेसका कार्यालय सचिव रञ्जित लिम्बूले सर्वसम्मत रुपमा महासमिति सदस्य छनौट गर्ने प्रयास भइरहेको बताउनुभयो । ‘जेष्ठता समेतलाई आधार मानेर सबैलाई मिलाएर लैजाने प्रयास भइरहेको छ’लिम्बूले भन्नुभयो’यदि सहमति नभए लोकतान्त्रिक प्रकृयाद्धारा भएपनि महासमिति सदस्यको टुङ्गो लगाइने छ’ । यसअघि असोजको दोस्रो साता गर्ने भनिएको जिल्ला भेला अन्तिम समयमा कात्तिक दोस्रो साताका लागि सारिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts