दशैंको अवधिमा ताप्लेजुङमा ७३ वटा सवारी कारवाहीमा,मापासे गरी सवारी चलाउने भने भेटिएनन्

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १४ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले दशैंको अवधिमा ७३ वटा सवारी कारवाहीमा परेको जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको अभिलेख फाँटमा कार्यरत दीपक राईका अनुसार यो तथ्याङ्क दशैंको घटनास्थापना देखि पूर्णिमा सम्मको अवधिको हो । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा भन्दा चालू आर्थिक बर्षको सोहि अवधिमा ११ वटा बढी सवारी कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । राईका अनुसार यो अवधिमा ट्राफिक नियम बिपरित भएका गविविधिमा काण गरिएको कारवाहीका क्रममा ४० हजार रुपैयाँ राजश्व असुली भएको छ ।

अघिल्लो आवको सोहि अवधिमा ३३ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको थियो । ट्राफिक प्रहरीले दशैं अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु भने नभेटिएको जनाएको छ । निरन्तरतको ट्राफिक सचेतना र बलियो ट्राफिक व्यवस्थापनका कारण यस्तो भएको हुन सक्ने ट्राफिक प्रहरीको बुझाई छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts