|

चालू आवको दुई महिने अवधिमा ताप्लेजुङबाट साढे ५ करोड राजश्व असुली

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । चालू आर्थिक बर्ष २०८०।८१ को असोज पहिलो साता सम्ममा ताप्लेजुङबाट करिव साढे ५ करोड रुपैयाँ राजश्व असुली भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका युवराज धिमालका अनुसार असोज पहिलो साता सम्ममा ५ करोड ४८ लाख ९२ हजार ४ सय रुपैयाँ राजश्व असुली भएको छ । राजश्वको सबैभन्दा मोटो रकम कोलेनिकामा जम्मा भएको अल्या रकम रहेको छ । यस्तो रकम ४ करोड ९५ लाख ६४ हजार ८ सय ७४ रुपैयाँ रहेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालयको ३७ लाख ५० हजार २ सय ८० रुपैयाँ,शिक्षा विकास तथा समन्वय इकाईको ७ लाख ६४ हजार ३ सय रुपैयाँ र जिल्ला अदालतको यसअघिको ५ लाख ११ हजार ९ सय ९६ रुपैयाँ र यसअवधिको २० हजार ७ सय ९४ रुपैयाँ रहेको समेत कोलेनिकाले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयको १ लाख २३ हजार ५ सय रुपैयाँ,नापी कार्यालयको ५९ हजार ५ सय ३ रुपैयाँ,हुलाक कार्यालयको ५८ हजार २ सय ५५ रुपैयाँ र जिल्ला निर्वाचन कार्यालयको ८ हजार ९ सय २८ रुपैयाँ रहेको कोलेनिकाले जनाएको छ । अघिल्लो आव २०७९।८० को एकबर्षे अवधिमा ताप्लेजुङबाट ३२ करोड २ लाख २१ हजार ३ सय ५१ रुपैयाँ राजश्व असुली भएको थियो ।

आव २०७९।८० मा कर राजश्व बापत २ करोड ३९ लाख ५८ हजार ८ सय ४ रुपैयाँ,अन्य राजश्व बापत ३ करोड ८९ लाख २ हजार ८० रुपैयाँ ,यस्तै विविध प्राप्तिमा १९ करोड ९८ लाख १ हजार ७ सय ८ रुपैयाँ र बाँडफाँड हुने राजश्वबाट ५ करोड ७५ लाख ६१ हजार ७ सय ६० रुपैयाँ असुली भएको थियो । सबैभन्दा बढी राजश्व असुली कोष तथा लेखा नियन्त्रक कार्यालयबाट भएको थियो ।

राजश्व खातामा कोलेनिकाबाट २७ करोड ५६ लाख ७८ हजार १ सय ४२ रुपैयाँ जम्मा भएको थियो । ताप्लेजुङमा करदाता सेवा कार्यालय नभएका कारण राजश्व असुली अपेक्षाकृत रुपमा कमै मात्र हुने गरेको बताईन्छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts