संबिधान दिवसको अवसरमा ताप्लेजुङ सदरमुकाम प्रवेशद्धारमा गरियो झण्डोत्तोलन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ३ । संबिधान दिवसको अवसरमा बुधवार ताप्लेजुङको फुङलिङ बजारको प्रवेशद्धार हेलिप्याड क्षेत्रमा नेपाली राष्ट्रिय झण्डा फेरिएको छ ।

संबिधान दिवस मूल समारोह समितिका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा र फुङलिङ नगरप्रमुख अमिर मादेनले संयुक्त रुपमा झण्डोत्तोलन गर्नुभयो । यसअघिको रहेको पुरानो झण्डालाई हटाएर नयाँ राष्ट्रिय झण्डा राखिएको जिल्ला समन्वय समिति प्रमुख लामाले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ लगायत सरकारी कर्मचारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख लामाले संबिधान प्राप्तिका लागि भएको आन्दोलन, योगदान र उपलब्धी र संबिधानको कार्यान्वयनका आयाम बारे चर्चा गर्नु भएको थियो । संबिधान दिवसकै अवसरमा बिहीबार ४५ बर्ष उमेर पार गरेका जनप्रतिनिधि र कर्मचारीको बीचमा मैत्रीपूर्ण दौड प्रतियोगिताको आयोजना गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts