|

ताप्लेजुङ गोल्डकपको उपाधिका लागि रेडहर्ष इलाम र जुट विकास सुनसरी भिड्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १९ । डिफेण्डिङ च्याम्पियन रेडस्टार फुटबल क्लव बिर्तामोड झापालाई ट्राईबेकरमा ५–४ ले हराउँदै रेडहर्ष फुटबल क्लव इलाम ताप्लेजुङ गोल्डकपको उपाधि नजिक पुगेको छ । अब रेडहर्षले बुधबार जुट विकास फुटबल एकेडेमी ईटहरीसंग उपाधि भिडन्त गर्ने छ ।

ट्राईबेकरमा रेडहर्षका बिशाल लामा,आशिष लाओती,पिकेश लोक्ताम,छिरिङ गुरुङ र बिबेक मगरले गरेका ५ वटै प्रहारले जाली चुमेका थिए । रेडस्टार फुटबल क्लवका मिलन राई‘बि’गोल गर्न चुक्नुभयो । निशान लिम्बू,जीवन गुरुङ,मिलन राई‘ए’ र मनोज राईको प्रहार भने गोलमा परिणत भएको थियो । दुई बिदेशी खेलाडी ग्लोरी र अब्दुल सहित फाईनल यात्राका लागि रेडहर्ष इलामसंग भिडेको रेडस्टारले सेमीफाईनलमै आफ्नो खेललाई पूर्ण बिराम लगाएको छ । यसअघि निर्धारित अवधिको खेलमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए ।

मध्यान्तर अघि रेडहर्षका लागि आशिष राईले प्रि–किकमार्फत गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो । १–० को अग्रता बनाएको रेडहर्ष त्यसपछिको खेलमा निकै आक्रामक देखियो । एकपछि अर्को प्रहार गरेको रेडहर्ष थप गोल गर्नबाट भने चुक्यो । मध्यान्तर हुनु अघिको खेलमा बिपक्षी टिमबिरुद्ध आक्रामक भई खेलेको रेडस्टारका आशिष चापागाँईका दुई प्रहार गोलबिहिन खेर गए । ग्लोरीको प्रहार रेडहर्षका गोलरक्षक बिबेक मगरले बचाउनुभयो । मध्यान्तर पछिको खेलमा निकै मेहनेत लगाएर रेडस्टारले पासको लय मिलाउँदै आक्रामक खेल खेल्यो । निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा अब्दुलले बराबरी गोल गर्दै रेडस्टारलाई खेलमा फर्काउनुभयो । त्यसपछि रेहडर्ष दबाबमा प¥यो । तर दुबै टिमले थप गोल गरेनन् र खेल ट्राईबेकरतर्फ धकेलिएको थियो ।

रेडहर्ष र रेडस्टार दुबै टिममा नेपाली राष्ट्रिय फुटबल राष्ट्रिय टिममा यसअघि आवद्ध भईसकेका,डिभिजन लिग खेलेका र अनुभवी खेलाडीको सहभागिता थियो । बुधवार सकिने प्रतियोगिताका बिजताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुनेले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । फाईनल खेलमा जनही २ सय ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएपनि दर्शकको माग अनुसार जनही २ सय मात्र निर्धारण गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका सचिव टिकेन्द्र नेपालीले जानकारी दिनु भएको छ । सेमीफाईनलका दुई खेलका लागि जनही २ सय रुपैयाँ र क्वाटर फाईनलका ४ खेलमा प्रवेश शुल्क जनही १ सय रुपैयाँ थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts