|

ताप्लेजुङ गोल्डकपमा आजबाट सेमी फाईनलका खेल,आज र भोलीका लागि टिकट दर २ सय रुपैयाँ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । ताप्लेजुङ गोल्डकपमा सोमवारबाट सेमी फाईनल चरणका खेलहरु हुँदैछन् । फुङलिङस्थित भानुजन माविमा हुने पहिलो सेमी फाईनलमा सोमवार जुट विकास फुटबल एकेडेमीले पथरी–११ मोरङको सामना गर्ने छ । जुट विकास गृह टिम मानाभरा स्पोटिङ क्लवलाई हराएर सेमी फाईनल पुगेको हो भने पथरी–११ को टिमले पाँचथरस्थित फिदिम स्पोटिङ क्लवलाई क्वाटर फाईनलमा हराएर सेमीफाईनलमा स्थान बनाएको हो । मंगलवार दोस्रो सेमीफाईनल खेल हुने छ ।

फाईनल पुग्नका लागि मंगलवार रेडहर्ष फुटबल क्लव इलाम र रेडस्टार फुटबल क्लव झापा भिड्ने छन् । रेहडर्षले डिफेण्डिङ च्याम्पियन गोर्खा स्पोटिङ क्लवलाई हराएको थियो भने अर्को डिफेण्डिङ च्याम्पियन रेडस्टार फुटबल क्लवले भारत दार्जिििलङको युनाईटेड खर्साङलाई हराएको थियो । सोमवार र मंगलवार सेमी फाईनलका खेल सकिएपछि बुधवार फाइनल खेल हुने छ ।
क्वाटरफाईनल खेलमा टिकटबाट साढे ६ लाख बढी रकम संकलन
ताप्लेजुङ गोल्डकपको क्वाटरफाईनलमा टिकट बिक्रीबाट लाखेजात्रा सञ्चालन समितिले करिब साढे ६ लाख भन्दा बढी रकम संकलन भएको छ । लाखेजात्रा संचालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार क्वाटरफाईनलको ४ ओटा खेलबाट ६ लाख ५५ हजार ८ सय रुपैयाँ संकलन भएको छ । क्वाटर फाईनलका ४ खेलका लागि प्रतिखेल जनही १ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

सेमी फाईनलका दुई खेलमा प्रतिखेल जनही २ सय रुपैयाँ र फाईनलको दिन जनही २ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ । टिकट बिक्रीबाट खेलको पहिलो दिन भदौ १४ गते १ लाख ७० हजार ८ सय, १५ गते १ लाख ३१ हजार ७ सय, १६ गते १ लाख ७५ हजार ७ सय र १७ गते १ लाख ७७ हजार ७ सय रुपैयाँ संकलन भएको समितिले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts