ताप्लेजुङ गोल्डकपमा झापा बिर्तामोडको रेडस्टार फुटबल क्लव बन्यो सेमीफाईनल पुग्ने अन्तिम टोली

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १७ । पाहुना टोली भारत दार्जिलिङको युनाईटेड खर्साङ फुटबल क्लवलाई १–० ले स्तब्ध पार्दै डिफेण्डिङ च्याम्पियन झापा बिर्तामोडको रेडस्टार फुटबल क्लव जारी ताप्लेजुङ गोल्डकपको सेमीफाइनल पुग्ने चौथो टिम भएको छ । यो जीतसंगै भानुजन माविको खेल मैदानमा तत्कालिन पाथीभरा गोल्डकप जितेको रेडस्टार फुटबल क्लवले उपाधि दोहो¥याउने सम्भावना जीवित राखेको छ ।

गोल्डकपमा अब फाईनल यात्राका लागि रेडस्टारको भीडन्त रेडहर्ष फुटबल क्लव इलामसंग मंगलवार हुने छ । दुई बिदेशी खेलाडी ग्लोरी र अब्दुलका साथ मैदान छिरेको रेडस्टारले पहिलो हाफमै ग्लोरीको गोलबाट अग्रता लिएको थियो । रेडस्टारको पोष्टतर्फ फ्रि–किक प्रहार गर्नु भएका युनाईटेड खर्साङका कप्तान बिरेन प्रधानको प्रहार असफल बनाएर फर्किएको बललाई तीव्रगतिका ग्लोरीले आफ्नो नियन्त्रणमा राख्दै अगाडि बढाउनुभयो र सिधै युनाईटेड खर्साङको पोष्टमा प्रहार गर्नुभयो । २९ औं मिनेटमा उहाँले गरेको प्रहारलाई खर्साङका गोलकिपर रुपक कोयाले बचाउन सक्नु भएन र पहिलो हाफ अघि रेडस्टार १–० को अग्रतामा रहयो । भानुजन माविको मैदानलाई नजिकबाट चिन्नु भएका रेडस्टारका कप्तान खमिरगिल्सन कन्दङ्वा र अनुभवी गोलकिपर देव लिम्बू दोस्रो हाफमा पनि युनाईटेड खर्साङका लागि भारी बनिरहनुभयो । दरिलो रक्षापंक्ति संगै अनुभवी खेलाडीको साथ पाएको रेडस्टार बिरुद्ध रहेको युनाईटेड खर्साङका गोलकिपर कोया खेल अवधिभर नै व्यस्त देखिनुहुन्थ्यो ।

पासको उच्च लय गुमेको र‘थर्ड लाइनमा’अलमिलनुको फाइदा लिदैं रेडस्टार दोस्रो हाफको सुरुआति चरणमा पनि खर्साङबिरुद्ध हावी बन्यो । दोस्रो हाफको अन्त्यतिर खर्साङले खेलमा फर्कने प्रयास स्वरुप रेडस्टार बिरुद्ध आक्रामक खेल खेलेपनि गोल गर्न सकेन । खेलको अन्त्यतिर रेडस्टारलाई निकै दबाबमा राखेपनि खर्साङले गोल फर्काउन नसक्दा पहिलो खेलबाटै खेलबाट बाहिरिएको छ । फाईनल पुग्न सोमवार जुट विकास फुटबल क्लव ईटहरी,सुनसरी र पथरी–११ मोरङको टिम भिड्दै छन् । यो पहिलो सेमी फाईनल खेल हो । जुट विकास गृह टिम मानाभरा स्पोटिङ क्लवलाई र पथरी–११ मोरङ पाँचथरको फिदिम स्पोटिङ क्लवलाई हराउँदै सेमी फाईनल पुगेका हुन् । रेडहर्ष इलाम गोर्खा स्पोटिङ क्लव दमकलाई हराएर सेमी फाईनल पुगेको टोली हो । खेल बुधवार सकिने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts