| |

महिला संघ (क्रान्तिकारी) ताप्लेजुङमा नयाँ नेतृत्व

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १० । ताप्लेजुङस्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन भएको छ । क्रान्तिकारीको सातौं जिल्ला भेलाले सीता भट्टराई (दाहाल) अध्यक्ष रहेको नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न भएको जिल्ला भेलाले दाहाललाई अध्क्षयमा सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षहरुमा लीला वनेम, मनकुमारी भट्टराई, रत्नकुमारी वाइबा र तुलसा लिम्बू चयन हुनुभएको छ । सचिवमा भने बिमला गुरुङ र सह–सचिवमा अनिशा दर्नालसहित ४१ सदस्यीय जिल्ला समिति चयन गरिएको क्रान्तिकारीकी निवर्तमान अध्यक्ष मनु मादेनले जानकारी दिनुभयो ।
हाल नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको सन्दर्भ पारेर माओवादी निकट महिला संघ क्रान्तिकारीको जिल्ला भेला सम्पन्न गरिएको बताइएको छ । भेला क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज होमकुमारी खापुङ, माओवादीकी केन्द्रीय सदस्य सीता थेबेलगायतको उपस्थितिमा सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष सीता भट्टराई (दाहाल) ले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts