|

सिस्ने खोलामा अवरुद्ध बनेको सडक खुलाउन मर्मत सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ५ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित सिस्ने खोलामा आएको बाढीले काठेपुल बगाएपछि अवरुद्ध बनेको फुरुम्बु–लिङ्खिम सडक खण्ड खुलाउन क्षतिग्रस्त सडकको मर्मत कार्य सुरु गरिएको छ । यातायाता अवरुद्ध बनेको चार दिनपछि क्षतिग्रस्त सडकको मर्मत गर्न थालिएको हो ।
गएको शुक्रबार राति वर्षासँगै सिस्ने खोलामा आएको बाढीले काठेपुललाई क्षतिग्रस्त बनाएको र काठेपुल क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध बनेको थियो । सिस्ने खोलामा पानीको मात्रा घटेपछि यातायात खुलाउनलाई मंगलबारदेखि मर्मत सुरु गरिएको फक्ताङ्लुङ गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आफ्नै एक्साभेटर प्रयोग गरेर यातायात खुलाउन सडकको मर्मत कार्य सुरु गरिएको पालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार तत्काल काठेपुल मर्मत गनेर यातायात खुलाउने अवस्था नरहेपछि खोलाबाटै यातायातका साधन सञ्चालन गर्नेगरी सडक मर्मत गर्न थालिएको छ ।
उक्त काठेपुल गत असार पहिलो साता स्थानीयको श्रमदानमार्फत निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको थियो । स्थानीय पदम बुढाथोकीका अनुसार ग्रामीण सडक भए पनि सदरमुकाम फुङ्लिङ र फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक जोड्ने सडकको रुपमा रहेको थियो । बुढाथोकीले सहज गरी नभए पनि मंगलबार साँझदेखि नै यातायातका साधन सञ्चालनमा आएको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts