|

खोक्लिङ डाँडागाउँ–पापुङ सडकको स्तरोन्नति हुने

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित डाँडागाउँ–पापुङ सडकको स्तरोन्नति गरिने भएको छ । संघीय सरकार र गाउँपालिकासमेत गरी करिव सवा एक करोड रुपियाँ बजेट लगानीबाट सो सडकको स्तरोन्नति गरिने भएको हो ।
सदरमुकाम फुङ्लिङ र मिक्वाखोला गाउँपालिकाको पाँचवटै वडालाई जोड्ने ग्रामीण सडक भएकाले स्तरोन्नति योजनालाई प्राथमिकता दिँदै गाउँपालिकाले सर्भेको कार्य सुरु गरेको हो । मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको डाँडागाउँ हुँदै वडा ३ लिबाङ, वडा ४ साँवा र जिल्लाकै एक दुर्गम क्षेत्र रहेको वडा ५ पापुङ जोड्ने सडकको स्तरोन्नति गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामाको प्रत्यक्ष संलग्नतामा सडक सर्भेको कार्य सुरु गरिएको हो । गाउँपालिकाका इन्जिनियर रामशंकर साहको टोलीले सडक सर्भेको कार्य गरिरहेको पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार सडक स्तरोन्नति योजनाका लागि सङ्घीय सरकारको ८० लाख र गाउँपालिकाको ४० गरी कुल एक करोड २० लाख रुपियाँ बजेट रहेको छ ।
यो सडकको स्तरोन्नति भएपछि मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङगे झरना र तोक्पेगोला लोदेन क्षेत्रजस्ता पर्यटकीय गन्तव्यको भ्रमणमा जाने पर्यटकलाईसमेत सहज हुने अपेक्षा राखिएको गाउँपालिका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । उहाँकाअनुसार सडक स्तरोन्नतिले गाउँपालिका प्रशासकीय केन्द्र थलङ र जिल्ला सदरमुकाम फुङ्लिङको यातायातमा पनि सहज हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts