|

मिक्वाखोला गाउँपालिकाले आफ्नै बजेटले सडक स्तरोन्नति गर्दै

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले चिनाबुङ–पुष्पचौक सडक खण्डको स्तरोन्नति गर्ने भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ जोड्ने उक्त सडकको पालिकाकै बजेटले स्तरोन्नतिको कार्य गरिने भएको हो ।
मिक्वाखोला गाउँपालिका–३ लिबाङस्थित चिनाबुङदेखि पुष्पचौकसम्म करिव डेढ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो । सो सडक खण्डको स्तरोन्नति गरिने भएसँगै बिहीबारदेखि सर्भे गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिका अध्यक्ष कार्कीसमेतको उपस्थितिमा गाउँपालिकाका इन्जिनियर रामशंकर साहको टोलीले सडक सर्भेको कार्य सुरु गरेको हो । गाउँपालिकाको प्रशासकीय केन्द्र साँवाको थलङ हुँदै पर्यटकीय गन्तव्य फुङ्फुङगे झरना र सदरमुकाम फुङ्लिङ जोड्ने सडक भएकाले स्तरोन्नति गर्न प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।
सडक सर्भे गरिसकेपछि लगातार स्तरोन्नतिको कार्य सुरु गरिने पनि गाउँपालिकाले जानकारी दिएको छ । उक्त सडकखण्ड स्तरोन्नति गर्नलाई २० लाख रुपियाँ बजेट रहेको गाउँपालिकाका इन्जिनियर साहले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts