लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङद्धारा आदिवासी दिवसको अवसरमा बिरामीलाई फलफुल बितरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २४ । २९ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधवार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष गजेन्द्र थलङका अनुसार अस्पतालमा रहेका १९ जना बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरिएको हो । एमाले जिल्ला उपसचिव तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),एमाले जिल्ला उपसचिव मणिशंकर पोमू,जिल्ला सचिवालय सदस्य सन्तोष प्रसाँई,सिरिजङ्गा गाउँपालिका कमिटी अध्यक्ष सन्तोष चाम्लिङ,मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष दिवस लिवाङ,नेपाल किसान महासंघका अध्यक्ष भगिमान सुनुवार,अनेरास्ववियुका जिल्ला अध्यक्ष मिङ्मा शेर्पा सहितका नेताहरुको उपस्थितिमा फलफुल बितरण गरिएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङले जनाएको छ ।

सन् १९८२ अगष्ट ९ तारेखका दिन संयुक्त राष्ट्रसंघको महासभामा आदिवासी सम्वन्धी कार्यदलको पहिलो बैठक बसेको सन्दर्भलाई लिएर हरेक बर्षको ९ अगष्टका दिन यो दिवस मनाउने गरिन्छ । १९९४ डिसेम्बर २३ तारेखका दिन भने संयुक्त राष्ट्रसंघका आदिवासी सम्वन्धी रिजोलुशन पास भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts