शिक्षा विधेयकविरुद्ध निजी विद्यालयद्धारा आन्दोलन घोषणा

अरुलाई पनि शेयर गरौ !

काठमाडौं,साउन २३ । संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरुको मागलाई नसमेटेको भन्दै निजी विद्यालयहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

प्याब्सन, हिसान र नेसनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् । उनीहरुले विभिन्न चरणमा आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका छन् । मंगलवार देखि आन्दोलनको कार्यक्रम घोषणा अनुरुप प्याब्सन, हिसान र नेशनल प्याब्सन पत्रकार सम्मेलन गरेको हो । बुधवार २४ गते पालिका र जिल्ला प्रशासन सम्बन्धित कार्यालय, सम्बन्धित कार्यसमिति कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, २५ गते माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने,२६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया गर्ने २७ गते आ–आफ्ना बैठकमा सङ्गठनमा समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ । भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधानहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रम तय गरेको छ ।

शिक्षा विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने अभिप्रायका साथ विधेयक ल्याइएको भन्दै आपत्ति जनाएको छ । सरोकारवालाहरूले वर्षौंदेखि शिक्षा ऐन संशोधन र निजी लगानीमा सञ्चालन गरिएका शैक्षिक संस्थाहरूलाई व्यवस्थित, मर्यादित र लगानीको सुरक्षाका बारेमा आवाज उठाउँदै आएता पनि प्रस्तुत सुझावहरूलाई वेवास्ता गरी प्रस्ताव गरिएको विधेयकमा एकपटक पनि छलफल नगरी शिक्षा मन्त्रालयले मन्त्री परिषद्मा पेस गर्नु अत्यन्तै दुखद भएको बताएको छ । मन्त्री परिषद्बाट पास भएको प्रस्तावित विधेयक सरकारले संसदमा पेश गर्ने तयारी गरेको छ । सो विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चाल भएका शैक्षिक प्रतिष्ठानहरूको अस्तित्व नामेट पार्ने उदेश्यबाट अभिप्रेरित भएको तीन संस्थाको ठहर छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts