ताप्लेजुङको फक्ताङ्लुङद्धारा निःशुल्क एम्बुलेन्स सेवा उपयोगको मापदण्ड तय

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले निःशुल्क,सहुलियत दरको र कूल भाडाको ५० प्रतिशत शुल्क लिने गरी तीनवटा खण्डमा वर्गिकरण गरी एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

त्यसका लागि गाउँपालिकाले कार्यविधि समेत बनाएको छ । गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङका अनुसार गाउँपालिकाले एम्बलेन्स सेवा सञ्चालन कार्यविधि २०८० जारी गरिएको छ । सोहि कार्यवधिका आधारमा निःशुल्क देखि ५० प्रतिशत छुट सम्ममा सेवा लिन पाउनेहरुको वर्गिकरण गरिएको हो । जिल्ला बाहिर लगि उपचार गर्नुपर्ने फक्ताङ्लुङ गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकले प्रचलित भाडादरको ५० प्रतिशत शुल्कमा एम्बलेन्स सेवा उपभोग गर्न पाउने भएका छन् । जिल्ला भित्र निःशुल्क एम्बुलेन्स सेवा पाउनेहरुको समेत मापदण्ड तय गरिएको गाउँपालिकाले जनाएको छ । जस अनुसार स्थानीय स्वास्थ्य संस्थामा हल हुन नसकेको अति सिकिस्त प्रसुति समस्या भएको अवस्थाका नागरिक,ठूलो दुर्घटनामा परेर चोटपटक लागी हस्पिटल नपु¥याए ज्यान जान सक्ने गम्भिर अवस्थाका नागरिकले जिल्ला भित्र निःशुल्क एम्बुलेन्स सेवा उपभोग गर्न पाउने भएका छन् ।

निःशुल्क एम्बुलेन्स सेवा लिनका लागि सबै किसिमका बिरामी स्वास्थ्य चौकीमा पुग्नुपर्ने छ भने बिरामीको प्राथमिक उपचार स्थानीय स्वास्थ्य संस्थामा गराई थप उपचार आवश्यक भएको भनी चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिस अनिवार्य गरिएको छ । यि बाहेक सामान्य प्रकृतिका बिरामीले एम्बुलेन्स उपभोग गर्न चाहेमा वा स्वेच्छिक रुपमा अन्य हस्पिटल लान चाहेमा भने पालिका भित्र ५ हजार रुपैयाँ रावश्व तिनुपर्ने गरी गाउँपालिकाले कार्यविधि बनाएको छ । फक्ताङलुङ गाउँपालिकाले पालिका भित्रका जनतालाई लक्षित गरी सानिमा मध्यतमोर जलबिद्युत आयोजना समेतको सहयोगमा २ थान एम्बुलेन्स खरिद गरेको छ । एउटा एम्बलेन्स पालिकाको वडा नं ३ स्थित लिङखिम स्वास्थ्य चौकीमार्फत र अर्को पालिकाको केन्द्र तापेथोक स्थित तापेथोक स्वास्थ्य केन्द्रमार्फत सञ्चालनमा हुने पालिकाको निर्णय छ ।

गाउँपालिका अध्यक्ष लाबुङ लिम्बूले निर्वाचनताका आफुले निर्वाचन जितेमा पालिका अध्यक्षले प्रयोग गर्ने सवारी आफुले प्रयोग नगरी पालिकाका बिरामीलाई स्वास्थ्य स्वास्थ्य संस्थासम्म पु¥याउन उपयोग गर्ने घोषणा गर्नु भएको थियो । सोहि घोषणा अनुसार पालिकामा एम्बुलेन्स नल्याईञ्जेल सम्मका लागि पालिका अध्यक्षले प्रयोग गर्ने सवारी पालिका क्षेत्रका बिरामीलाई सवास्थ्य संस्था सम्म ल्याउन र लैजान प्रयोग गरिदैं आएको छ । पालिकामा एम्बुलेन्स आएपछि भने पालिका अध्यक्षले प्रयोग गर्ने सवारी कार्यालयको बिशेष काममा उपयोग गर्ने पालिकाको निर्णय रहेको छ । पालिका अध्यक्ष लाबुङले भने आफुले पालिकाको सवारी उपयोग नगर्ने र आफुले पाउने मासिक तलव समेत पालिकाका जनताको हितमा खर्च गर्ने भन्दै छुट्टै कोष खडा गर्नु भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts