ताप्लेजुङमा गत आवमा अख्तियार दुरुपयोग सम्वन्धी १२ वटा उजुरी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १८ । आर्थिक बर्ष २०७९।८० मा जिल्ला प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग सम्वन्धी १२ वटा उजुरी परेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार आव २०७९।८० मा ९ वटा उजुरीको फस्र्यौट भएको छ । आव २०७८।७९ बाट जिम्मेवारी सरी आएका २३ वटा र आव २०७९।८० मा नयाँ लगतको रुपमा दर्ता भएका १२ वटा उजुरी रहेकामा ९ वटा फस्र्यौट भएपछि चालू आव २०८०।८१ का लागि २६ वटा उजुरीको फस्र्यौट जिम्मेवारी सरी आएको प्रशासन कार्यालयले जनाएको छ । मुद्दातर्फ भने आव २०७९।८० मा २१ वटा दर्ता भएकोमा १९ वटा फस्र्यौट भएको छ । आव २०७८।७९ बाट जिम्मेवारी सरी आएका १५ वटा मुद्दामध्ये १४ वटाको फस्र्यौट भएको छ । चालू आवका लागि ३ वटा मुद्दाको जिम्मेवारी सरी आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यविधि २०७८ को नम्बर १९ मा अख्तियार दुरुपयोग बिरुद्ध प्रमुख जिल्ला अधिकारीको भूमिका उल्लेख गरिएको छ । जस अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नेगरी अधिकार प्रत्यायोजन गरेमा सो कार्य प्रमुख जिल्ला अधिकारी वा निजले खटाएको प्रतिनिधिमार्फत गर्न सकिने छ । यस्तो कार्यको प्रगति बिबरण भने जिल्ला प्रशासन कार्यालयले मासिक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनुपर्ने व्यवस्था रहेको छ । अख्तियार दुरुपयोग सम्वन्धी उजुरीहरु जिल्ला प्रशासन कार्यालयमार्फत पनि गर्न सकिने आयोगले सो उजुरीको अनुसन्धान गर्नेगरी जिल्ला प्रशासन कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts