ताप्लेजुङमा सम्वन्ध बिच्छेदका घटनामा बर्षेनि नयाँ ‘रेकर्ड’,४७ प्रतिशत मुद्दा सम्वन्ध बिच्छेदका

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १४ । ताप्लेजुङमा सम्वन्ध बिच्छेदका घटनाले बर्षेनि नयाँ रेकर्ड कायम गर्न थालेको छ ।

ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार आर्थिक बर्ष २०७९।८० मा जिल्ला अदालतमा रहेका कूल मुद्दाको करिव ४७ प्रतिशत सम्वन्ध बिच्छेद सम्वन्धी मुद्दा रहेका थिए । आव २०७७।७८ मा करिव ३४ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा आव २०७८।७९ मा बढेर करिब ४१ प्रतिशत पुगेको थियो । अघिल्लो आव भन्दा आव २०७९।८० मा सम्वन्ध बिच्छेदका मुद्दा ६ प्रतिशत हाराहारीले बढेको पाइएको छ । अदालतका अनुसार आव २०७९।८० मा अघिल्लो आवबाट जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका समेत गरी कूल ४ सय ६९ थान मुद्दा थिए । त्यसमध्ये २ सय २० थान मुद्दा सम्वन्ध बिच्छेदका थिए । सम्बन्ध बिच्छेदका २ सय २० थान मुद्दा मध्ये अदालतले आव २०७९।८० मा १ सय ७९ थान फस्र्यौट गरेको छ । सम्बन्ध बिच्छेदका ४१ थान मुद्दा चालू आवका लागि जिम्मेवारी सरी आएका छन् ।

चालू आवको पहिलो दुईसातामा अदालतमा ७ थान मुद्दा दर्ता भएका छन् । ति मध्ये २ वटा मुद्दा सम्वन्ध बिच्छेदका छन् । यो करिव २९ प्रतिशत हाराहारी हुन आउँछ । नयाँ दर्ता भएका ७ थान मुद्दा मध्ये लेनदेन सम्वन्धीका ३ वटा तथा अभद्र व्यवहार र अंश चलन सम्वन्धका १–१ वटा मुद्दा रहेका छन् । सम्बन्ध विच्छेदलाई पारिवारिक बिग्रहको संज्ञा दिने गरिन्छ । सम्बन्ध बिच्छेदले मानिसको घरबारमा समस्या सृजना हुने,बालबच्चाको भबिष्यमा असर गर्ने र पारिवारिक तनाव बढ्ने जस्ता समस्या देखा पर्ने गरेका छन् । ताप्लेजुङ जिल्ला अदालतको पछिल्ला तीन बर्षको तथ्याङ्क हेर्ने हो भने सम्वन्ध बिच्छेदका घटना अंक गणितीय हिसावले(हाराहारी ६ प्रतिशतका दरले)बढीरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts