ताप्लेजुङको मैवाखोलामा लम्पी स्किनबाट संक्रमितमध्ये ७ प्रतिशत पशु मरे

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १० । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लम्पी स्किन रोगबाट संक्रमितमध्ये ७ प्रतिशत पशुको मृत्यु भएको पाइएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार यो रोगबाट पालिकाभरीमा ४ सय ७३ वटा पशु संक्रमित भएकोमा ३३ वटा मरेका छन् । गाउँपालिकाले ३ सय ८७ वटा पशुको उपचार गरेको छ भने ३ हजार १ सय १५ वटा पशुमा लम्पी स्किन बिरुद्धको खोप लगाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार सबैभन्दा बढी पशु वडा नं ६ र वडा नं ३ मा मरेका छन् । वडा नं ६ मा १३ वटा र वडा नं ३ मा ११ वटा पशुको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गाई,भैंसी,याक र चौंरीमा लम्पी स्किन बिरुद्धको खोप लगाएको जनाएको छ । यसैबीच फुुङलिङ नगरपालिकाले पालिकाका ११ वटै वडामा लम्पी स्किन रोग लागेका पशुहरुको उपचार तथा लम्पी स्किन बिरुद्धको खोप लगाउन बाँकी पशुहरुका लागि खोप अभियान तीव्र बनाएको छ । ताप्लेजुङका सबै स्थानीय तहले लम्पी स्किन बिरुद्धको खोप लगाउने तथा रोग लागेका पशुहरुको उपचार गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts