फुङलिङ बजारमा मेडिकल हल तथा औषधि पसलको आकस्मिक अनुगमन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन ८ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सञ्चालित मेडिकल हल,फार्मेसी तथा निजी अस्पतालको सोमवार निरीक्षण तथा अनुगमन गरिएको छ ।

गृह मन्त्रालयको परिपत्र अनुसार सोमवार देशभरका मेडिकल हल तथा निजी अस्पतालको अनुगमन तथा निरीक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा अनुगमन तथा निरीक्षण गरिएको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख योगराज घिमिरेले मेडिकल सञ्चालकले गर्नुपर्ने दर्ता नविकरण देखि अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने मापदण्ड पूरा भए–नभएको बारे अनुगमन गरिएको जानकारी दिनुभयो ।

फुङलिङ बजारमा एक निजी अस्पताल,मेडिकल हल र फार्मेसी १० वटा सञ्चालनमा रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले अस्पताल,मेडिकल हल र फार्मेसीले बैधानिक प्रकृया पूरा गरेको–नगरेको,दर्ता तथा नविकरण पूरा गरेको–नगरेको,न्यूनतम् र आधारभूत सेवा र मापदण्ड पूरा गरेको–नगरेको बिषयमा अनुगमन गरी अत्यावश्यक निर्देशन समेत दिएको बताउनुभयो । नियमित अनुगमन समितिले आकस्मिक रुपमा गरिएका अनुगमनका क्रममा निर्देशन पालना भए–नभएको बारे छड्के जाँच गर्ने समेत बताएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts