पाँचथरको फालेलुङ गाउँपालिकाले गर्यो लक्ष्य भन्दा झण्डै दोब्बर बढी आन्तरिक आय

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ७। पाँचथरको फालेलुङ गाउँपालिकाले आर्थिक बर्ष २०७९।८० मा लक्ष्यको तुलनामा झण्डै दोब्बर रकम आन्तरिक आय आर्जन गरेको छ ।

आव २०७९।८० मा कूल ३५ लाख रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेकोमा ७१ लख ८४ हजार ४ सय ९ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँ कार्यपालिकाको कार्यालयबाटै निर्धारित लक्ष्य भन्दा बढी आन्तरिक राजश्व असुली भएको छ । गाउँ कार्यपालिकाको कार्यालयबाट ३५ लाख ७८ हजार ६९ रुपैयाँ राजश्व असुली भएको आङ्देम्बेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १ बाट २ लाख ६१ हजार ८ सय ५ रुपैयाँ,वडा नं २ बाट २ लाख ६४ हजार ६ सय ४४ रुपैयाँ,वडा नं ३ बाट ३ लाख ९१ हजार ४ सय ९५ रुपैयाँ र वडा नं ४ बाट ५ लाख ७७ हजार ८ सय १६ रुपैयाँ आन्तरिक राजश्व असुली भएको छ ।

यस्तै वडा नं ५ बाट ८ लाख ३१ हजार २४ रुपैयाँ,वडा नं ६ बाट २ लाख ८२ हजार ५ सय ३६ रुपैयाँ,वडा नं ७ बाट ५ लाख ८७ हजार ५ सय ७० रुपैयाँ र वडा नं ८ बाट ४ लाख ९ हजार ४ सय ५० रुपैयाँ आन्तरिक राजश्व असुली भएको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts