| |

आठराई त्रिबेणीका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ४ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकाभरिका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पु¥याउने उद्देश्यसहित गाउँपालिकाले पालिकाभरका सुत्केरी महिलालाई घरघर पुगेर पोषणयुक्त खानेकुरा वितरण गरेको हो ।
गाउँपालिकाको पोषण तथा सरसफाई योजनाअन्तर्गत ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत सुत्केरी महिला तथा आमाहरुलाई पोषिलो खानेकुरा वितरण गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङका अनुसार प्रत्येक वडामा पुगेर सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ ।
पाँचवटा वडा रहेको गाउँपालिकाभरका २९७ जना सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको उपाध्यक्ष आङ्बुहाङले जानकारी दिनुभयो । उहाँकाअनुसार वडा १ निघुरादिनबाट सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण सुरु गरी वडा २ फूलबारी, वडा ४ र ५ चाँगे हुँदै वडा ३ हाङ्पाङमा पुगेर अन्त्य गरिएको थियो । पोषणयुक्त खानेकुरामा घ्यू, अण्डा, चना, मटरसहितका खाद्य सामग्री वितरण गरिएको उपाध्यक्ष आङ्बुहाङले बताउनुभयो ।
यता सुत्केरी भएको समयमा पोषणयुक्त खाना आवश्यक पर्ने साथै आमा र बच्चाको स्याहार तथा सफाइमा ध्यान दिनुपर्ने भएकाले उनीहरुलाई सहयोग पु¥याउन गाउँपालिकाले कार्यक्रम कार्यान्वयनमा ल्याएको पालिका अध्यक्ष दीपेन्द्र पोमूको भनाइ छ । ‘उपाध्यक्षसँग सुत्केरी आमा, स्वास्थ्य सरसफाई साथै पोषिलो खाना’ भन्ने नारा नै तय गरेर सुरु भएको कार्यक्रमलाई नयाँ आर्थिक वर्ष २०८०/८१ मा पनि निरन्तरता दिनेगरी बजेट व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts