आव २०७९।८० मा ताप्लेजुङ प्रशासन कार्यालयद्धारा ११ थान बैबाहिक अंगिकृत नागरिकता बितरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०७९।८० मा ११ वटा बैबाहिक अंगिकृत नागरिकता बितरण गरेको छ । उसले आव २०७८।७९ मा ६ वटा मात्र बैबाहिक अंगिकृत नागरिकता बितरण गरेको थियो ।

नेपाली पुरुषसँग विवाह गरी आउने महिलालाइ वैवाहिक अंगिकृत नागरिकता प्रदान गरिन्छ । वैवाहिक अंगिकृत प्राप्त गर्न फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–७ फारम, विवाह दर्ता प्रमाणपत्र र सपथपत्र,सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण,सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र, फोटो र प्रमाणीकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का आवश्यक पर्छ । प्रमाण पुगेमा पेश भएकै दिन यो नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ । तर नागरिकता प्राप्तिका लागि सबै कागजात तथा प्रमाण सक्कलै हुनुपर्ने व्यवस्था रहेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार आव २०७९।८० मा जन्मको आधारमा एउटा नागरिकता बितरण गरिएको छ । बंशजको आधारमा भने ३ हजार ८ सय ६४ वटा नागरिकता बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ । आव २०७८।७९ मा प्रशासन कार्यालयले ५ हजार ४ सय ५८ वटा नागरिकता बितरण गरेको थियो । आव २०७९।८० मा २ हजार ८ सय ३६ वटा नागरिकताको प्रतिलिपि जारी भएको छ । सो भन्दा अघिल्लो आवमा २ हजार १ सय ८ वटा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जारी भएको थियो । यसैबीच, प्रशासन कार्यालयले आव २०७९।८० मा १८ जना तिब्बती शरणार्थीको परिचयत्रप नविकरण गरेको जनाएको छ । ९ वटा नयाँ संस्था दर्ता र ७५ वटा संस्थाको दर्ता नविकरण भएको समेत उसले जनाएको छ । आव २०७८।७९ मा १५ वटा संस्था दर्ता भएका थिए भने ८४ वटाको नविकरण भएको थियो ।

आव २०७९।८० मा ७९ जनालाई नावालक परिचयपत्र बितरण गरेको प्रशासन कार्यालयले ठाडो उजुरी ७५ वटा,बिबिध सिफारिस ४ सय १३ वटा,४४ वटा हातहतियारको नविकरण,एउटा हातहतियार नामसारी र १ सय ४९ वटा भुपु सैनिक पेन्सन सिफारिस गरेको जनाएको छ । आव २०७९।८० मा ४ हजार ५ सय ५७ वटा ई–पासपोर्ट र ६ सय २२ वटा द्रुत सिफारिस प्रदान भएको छ । ३ हजार ७ सय ४८ थान राहादानी बितरण गरेको र आव २०७९।८० का ८ सय १४ थान पासपोर्ट बितरण हुन बाँकी रहेको समेत प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले ७ लाख ९९ हजार ६ सय ७५ रुपैयाँ बेरुजु रकम रहेकोमा असुलीको काम सकेर सम्परीक्षण गराउन मात्र बाँकी रहेको समेत जानकारी दिएको छ । कूल ६४ लाख ४१ हजार ६ सय ४१ रुपैयाँ बेरुजु रहेकोमा आव २०७६।७७ मा ५६ लाख ४१ हजार ९ सय ६६ रुपैयाँ बेरुजु फस्र्यौट भई बाँकी कायम रहेकोमा त्यो पनि सम्परीक्षणको क्रममा रहेको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts