| |

अमेरिकामा बस्दै आएका नेपालीले मनाए सिसेक्पा तङ्नाम

अरुलाई पनि शेयर गरौ !

न्युयोर्क, साउन १ । किरात याक्थुङ चुम्लुङ अमेरिकाले सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) ५०८३, सन् २०२३ को अवसरमा न्युयोर्कको क्विन्स ब्रिजपार्कमा भव्यरुपमा कार्यक्रम सम्पन्न गरेको छ । गएको आइतबार जुलाई ९, का दिन किरात याक्थुङ चुम्लुङ अमेरिकाले सिसेक्प्पा तङ्नाम ५०८३ न्युयोर्कका लागि नेपाली वाणिज्य दूत गणेशप्रसाद अधिकारीको प्रमुख अतिथ्यता र संस्थाका अध्यक्ष दीपक थेबेको सभापतित्वमा भब्य रुपमा सम्पन्न गरेको हो ।
कार्यक्रममा लिम्बूहरुको रीति रिवाजअनुसार सहकाल बोलाउने, अनिकाल धपाउने, पाहुनाहरुलाई तोङ्बाद्वारा स्वागत, समर बारबिक्यु सेकुवा, लिम्बू संस्कार संस्कृति झल्किने फोटो प्रदर्शनी र केलाङ (च्याब्रुङ) नाच प्रदर्शन गरिएको किरात याक्थुङ चुम्लुङ कार्यसमितिका सचिव घनेन्द्र माबो लिम्बूले जान्कारी गराउनुभयो ।
उक्त कार्यक्रममा अमेरिकाको इतिहासमा पहिलो पटक लिम्बू बाल बालिकाद्वारा च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन पनि गरिएको थियो । लिम्बूहरुको मौलिक गरगहना तथा भेषभूषा सम्बन्धी प्रदर्शनी, लिम्बू संस्कार र संस्कृतिको जगेर्नाको निमित्त अमूल्य योगदान पुर्याउनुभएका किरात याक्थुङ चुम्लुङ अमेरिकाका अग्रजहरुलाई सम्मान, याक्थुङ समुदाय अमेरिकाबाट उच्च शिक्षा गरेका बिद्यार्थीहरुलाई सम्मान साथै विविध सांस्कृतिक कार्यक्रम र खेलकुद गतिविधिसमेत आयोजना गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङ अमेरिकाको अफिसियल वेबसाइटको उद्घाटनसमेत गरिएको कार्यसमितिका सचिव माबो लिम्बूले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts