फुङलिङमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

ताप्लेजुङ,असार २४ । आइतवार ताप्लेजुङको फुङलिङस्थित सुरक्षा चेकपोइन्ट नजिकै मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ । फुङलिङ नगरपालिका वडा नं ३ स्थित सशस्त्र प्रहरीको चेक पोईन्ट भन्दा केहि तल मृत अवस्था भेटिएकी महिला फुङलिङ नगरपालिका वाड नं ७ निवासी ४४ वर्षिय धनकुमारी लिम्बू रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सडकखण्डको करिव १० फिट तल ति महिलाको शव भेटिएको थियो । उहाँको लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाका बारेमा अनुसन्धान भने जारी रहेको समेत प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।