| |

कोशी प्रदेश खारेजीको माग गर्दै फुङ्लिङमा मार्चपास

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २१ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएको पहिचानवादीहरुले बिहीबार ताप्लेजुङमा युवा दस्ता घोषणा गर्नुका साथै फुङ्लिङ बजारमा मार्चपास गरेको छन । युवा दस्ता नवीन पोमुको नेतृत्वमा ५०१ सदस्यीय समिति घोषणा गरिएको हो ।
सदरमुकाम फुङ्लिङस्थित सामुदायिक भवन (सिटहल) मा भएको भेलाले पोमूको संयोजकत्वमा युवा दस्ता घोषणा गरिएको हो । कार्यक्रममा प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिमा आवद्ध किराँत धर्म साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको उपस्थिति रहेको थियो ।
त्यस्तै नेकपा (एकीकृत सनाजवादी) का नेता कृष्ण चोङ्बाङ, जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति मुख्य सचिब, केदार धिमाल, किराँत याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष मधु केरुङलगायतका नेतृत्वहरु सहभागी हुनुभएको थियो ।
यता सयौंको संख्यामा सहभागी भएका पहिचानवादीहरुले लाठीसहित मार्चपास गरेका छन् । मार्चपासद्वारा फुङ्लिङ बजार परिक्रमा गर्दै नाराबाजीसमेत गरेका थिए । पहिचान विपरीत प्रदेश १ को कोशी नामाकरण गरिएपछि आन्दोलित बनेका पहिचानवादीहरुले तिलकुमार मेन्याङ्बो, योगेश भट्टराई र केपी ओलीविरुद्ध पनि चर्को नाराबाजी गरेका थिए । कोशी प्रदेश खारेज गरलगायतका अन्य नारा लगाएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts