|

आफुहरु बिरुद्ध भइरहेका अबाञ्छित गतिविधि रोक्न ताप्लेजुङका लघु बित्त बित्तीय संस्थाहरुको माग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १२ । ताप्लेजुङका लघु बित्त बित्तीय संस्थाहरुले लघु बित्त बित्तीय संस्था बिरुद्धको संघर्ष समितिका नामबाट सुनुयोजित ढंगबाट आफ्ना दैनिक कार्यमा अवरोध गर्ने र अर्नगल आक्षेप लगाउने कार्य भइरहेको भन्दै यस्ता कार्य नियन्त्रण गर्न सरकार गुहारेका छन् ।

यहाँ रहेका करिव एक दर्जन बढी बित्तीय संस्थाका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउँदै लघुबित्तका कार्यक्रमलाई धराशायी बनाउने गरी भइरहेका यस्ता गतिविधि नियन्त्रण गर्न माग गरेका हुन् । उनीहरुले आफ्ना अत्यावश्यक सेवा अबरुद्ध गर्ने नियतले बित्तीय संस्थाको कार्यालयमा ताला लगाउने,लघु बित्त कर्मचारीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोवल कमजोर बनाउने,कर्मचारीहरु माथि हातपात गर्ने,सेवाग्राहीहरुलाई बित्तीय सेवा उपयोग गर्नमा बाध्या पु¥याउने जस्ता अछाञ्चित गतिविधि हुँदै आएको भन्दै बित्तीय संस्था बिरुद्धका यस्ता गतिविधि नियन्त्रण गर्न सरकारसंग माग गरेका छन् ।

यस्तो गतिविधिमा संलग्नहुनेहरुमध्ये अधिकाँस बैंक तथा बित्तीय संस्थाको कर्जा लिएर नतिर्ने,अटेरी गर्ने र बित्तीय अनुशासन गुमाएका मानिसहरु समेत रहेको दावी बित्तीय संस्थाले गरेका छन् । उनीहरुले बित्तीय संस्थाहरुले निर्वाध रुपमा आफ्ने दैनिक कार्य सञ्चालन गर्न पाउनुपर्ने भन्दै सरकार समक्ष यस्ता गतिविधि नियन्त्रण र सुरक्षाको पूर्ण प्रत्याभूतको माग समेत गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts