लागु औसध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध ताप्लेजुङमा चेतनामुलक कार्यक्रम

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ११ । लागु औसध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा सोमवार ताप्लेजुङमा सडक नाटक प्रर्दशनी तथा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रम अन्तरगत फुङलिङस्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलका बिद्यार्थीले बीरेन्द्रचौकमा लागु औसध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको सचेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए । यसअघि तोक्मेडाँडामा चेतनामुलक पर्चा,पम्प्लेट बितरण र सन्देश प्रसारण सहित सुरु भएको प्रभातफेरी बीरेन्द्रचौकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

फुङलिङ नगर उप्रमुख भीमादेवी ओझाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ सहित कार्यालयका प्रमुख एवम् नागरिक समाजका अगुवाको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूको अध्यक्षतामा भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts