पार्टी स्थापनाको दोस्रो बर्ष प्रबेशको अवसरमा राश्वपा ताप्लेजुङद्धारा वृक्षरोपण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १ । पार्टी स्थापना दोस्रो बर्षमा प्रवेश हुन लागेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(राश्वपा) ताप्लेजुङले फुङलिङस्थित भानुजन माविको हाताभित्र करिव साढे ३ सय बिरुवा रोपण गरेको छ ।

अशोका,कल्की,रक्तचन्दन,ओखर,लौठ सल्ला,एञ्जिला फुल र चुवा सहितका बिरुवा रोपण गरिएको राश्वपाका जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सो पार्टीका जिल्ला सहसंयोजक हरि थापाले पार्टीका बिभिन्न पालिकाका संयोजक तथा कार्यकर्ताहरुको उपस्थितिमा वृक्षरोपण गरिएको जानकारी दिनुभयो । वातावरण हरियाली बनाउन र हरित बिद्यालयका लागि मार्ग प्रसस्त गर्न वृक्षरोपण कार्यक्रम गरिएको सो पार्टीले जनाएको छ ।

गत जेठ ७ गते भएको कार्यकर्ता भेलाले पार्टी सम्पर्क कार्यालय स्थापना गर्दै जिल्ला संयोजक,सहसंयोजक र पार्टीका पालिका समितिहरुका संयोजकको जिम्मेवारी तोकेको थियो । जिल्ला संयोजक श्रेष्ठले सामाजिक सञ्जालमार्फत जिल्लामा भएका बिकृति,बिंसति,आर्थिक अनियमिता र ढिलासुस्तीबिरुद्ध स्र्फुत रुपमा सामाजिक जागरणका लागि आवहान गर्दै आउनु भएको छ । यसका लागि राश्वपाले ‘¥याापिड एक्सन टीम’लाई शसक्त रुपमा परिचालन गर्ने उद्घोष समेत गरेको छ ।

रवि लामिछानेले २०७९ असार २ मा ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक पदबाट राजीनामा दिँदैै प्रतिनिधिसभा निर्वाचन २०७९ मा चितवन २ बाट चुनाव लड्ने घोषणा गर्नु भएका थियो । उहाँले २०७९ असार ७ गते २१ सदस्यीय केन्द्रीय समिति सहित राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्नु भएको थियो । २०७९ साल असार १७ गते लामिछाने संस्थापक अध्यक्ष र निर्वाचन चिन्हको रूपमा वृत्तभित्रको घण्टीको साथ दल औपचारिक रूपमा निर्वाचन आयोमा दर्ता भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts