निबृत्त राष्ट्र सेवक समाज ताप्लेजुङको अध्यक्षमा राई

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ३२ । निबृत्त राष्ट्रसेवक समाज ताप्लेजुङको अध्यक्षमा मोहनकुमार राई चयन हुनु भएको छ । तेस्रो जिल्ला परिषद्ले राई अध्यक्ष रहेको समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा बलबहादुर ओख्राबु लिम्बू,सचिवमा सूर्यप्रसाद भट्टराई,सहसचिवमा गणेशबहादुर मगर र कोषाध्यक्षमा मात्रिकाप्रसाद नेपाल चयन हुनु भएको छ । समितिको सदस्यहरुमा गुप्तिबहादुर मास्के श्रेष्ठ,दिलमाया लिम्बू श्रेष्ठ र रोमनाथ भण्डारी चयन हुनुभयो ।

परिषद्को लेखा समितिका संयोजकमा टामन सिग्देल र सदस्यद्धयमा दुर्गाप्रसाद श्रेष्ठ र खगेन्द्रप्रसाद गौतम चयन हुनु भएको छ ।

परिषद् भेलाले डिल्लीरमण पौडेललाई केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिमा दुर्गाप्रसाद दाहाललाई चयन गरेको छ । यसअघि फुङलिङ नगरप्रमुख अमिर मादेनले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts