मासु व्यवसायीलाई विज्ञको सुझाव ः पानी फोका र पित्त जस्ता बस्तु कुकुर र कुखुरालाई नदेऊ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ३१ । पशु चिकित्सक तथा विज्ञहरुले मासुमा हुने अखाद्य बस्तु जस्तै पानी फोका र पित्तको राम्रो व्यवस्थापनमा जोड दिदैं कुकुर र कुखुरालाई दिने प्रचलन हटाउन मासु व्यवसायीलाई सुझाएका छन् । उनीहरुले स्वस्थ्य पशुको बध गर्ने देखि बधस्थल,भण्डारण र बिक्री कक्ष सम्मको सफाईमा ध्यान दिन समेत मासु व्यवसायीलाई सुझाव दिए ।

‘उपभोक्ताको भान्छामा स्वस्थ्य मासु पु¥याउने पहिलो दायित्व मासु व्यवसायीकै हो’भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र पाँचथरका पशु चिकित्सक डाक्टर मनोजकुमार महतोले भन्नुभयो । उहाँले मासुमा हुने अखाद्य बस्तु पानी फोका र पित्त जस्ता अंगहरु कुकुर र कुखुरालाई दिएमा त्यो कुनै न कुनै माध्यमद्धारा फेरी मान्छे सम्म पुग्ने भय देखाउनुभयो ।‘ति अंग खाएका कुकुर र कुखुरा लगायतले घाँसपातमा गर्ने दिसा–पिसाव घाँसको माध्यमबाट फेरी पशु तथा जन्तु सम्म पुग्ने भएकोले यिनको राम्रो व्यवस्थापन अहिलेको प्रमुख आवश्यकता हो’उहाँले भन्नुभयो । मासु काट्दै गर्दा उल्लेखित अंग भेटिए नजिकमा रहेका कुकुर र कुखुरा लगायतलाई दिने प्रचलन रहेको भन्दै उनले यस्ता अंगलाई राम्ररी व्यवस्थापन गर्नु उत्तम हुने उहाँले बताउनुभयो । उहाँका अनुसार सडेगलेको,नपाकेको,काँचो तथा पोलेको कालो मासु,मासु राखेको फ्रिज नचलेको वा धेरै बेर फ्रिज बाहिर राखेको मासु,नावर काट्ने बित्तिकै तत्काल पकाईएको मासु,बिरामी पशुपन्छीको मासु, मासु काट्ने हतियार,अचानो र स्थान सफा नभएको मासुलाई अस्वथ्यकर मासुको रुपमा बुझ्ने गरिन्छ ।

डाक्टर महतोका अनुसार मासु राम्ररी पाक्नु अत्यन्त जरुरी छ । नपाकेको मासु खाँदा विभिन्न रोग लाग्ने तथा नपच्ने डर भय बढी हुने उहाँले बताउनुभयो । मासु काट्न प्रयोग अचानो बोर्ड र चक्कु या खुकुरी साबुनपानीले राम्ररी धोएर सुख्खा पारेर सुरक्षित ठाउँमा राख्न समेत डाक्टर महतोलेले मासु व्यवसायीलाई सल्लाह दिनु भएको छ । यता फुङलिङ नगरपालिकाले भने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आउँदो असार १० गते पशुपंक्षि बधशाला नियमन तथा व्यवस्थापन सम्वन्धी मापदण्ड र कार्यविधिलाई नगरसभामा स्वीकृतिका लागि पेश गर्ने संकेत गरेको छ । अहिले सम्म यो मापदण्ड र कार्यविधि नभएको अवस्थामा नियमन तथा व्यवस्थापन प्रभावकारी हुन नसकेको निश्कर्ष सहित मापदण्ड र कार्यविधि तयारी भइरहेको फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts