ताप्लेजुङमा सबैभन्दा धेरै किराँत,दोस्रोमा हिन्दु र तेस्रोमा बौद्ध धर्म मान्ने देखिए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २२ । ताप्लेजुङमा किराँत धर्म मान्नेको संख्या धेरै देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदन अनुसार १ लाख २० हजार ५ सय ९० जनसंख्या रहेको ताप्लेजुङमा ५३ हजार ३ सय २८ जना किराँत धर्म मान्नेहरु देखिएका छन् । दोस्रोमा हिन्दुधर्म मान्नेहरु देखिएका छन् । ३६ हजार ७ सय १७ जना हिन्दु धर्म मान्नेहरु देखिँदा बौद्ध धर्म मान्नेहरु २६ हजार ४ सय ९६ जना देखिएका छन् । क्रिश्चियन धर्म मान्नेहरु ३ हजार १ सय ३४ जना देखिएका छन् भने बोन धर्म मान्नेको संख्या ७ सय ९२ देखिएको छ । १ सय १२ जना इस्लाम धर्म मान्नेहरु देखिएका छन् भने १० जनाले प्रकृति र १ जनाले जैन धर्म मान्ने देखिएको जनगणनाको प्रतिबेदनमा देखिएको छ ।

जनगणनाको प्रतिबेदन अनुसार ताप्लेजुङमा ६० हजार ७ सय ७३ जना पुरुष र ५९ हजार ८ सय १७ जना महिला रहेका छन् । जनगणनाको प्रतिबेदन अनुसार फक्ताङलुङ गाउँपालिकामा ६ हजार ८८ जना पुरुष र ५ हजार ७ सय ३ जना महिला गरी कूल ११ हजार ७ सय ९१ ज्नसंख्या देखिएको छ ।

मिक्वाखोला गाउँपालिकामा ३ हजार ९ सय ५४ जना पुरुष र ४ हजार १० जना महिला गरी कूल ७ हजार ९ सय ६४ जनसंख्या रहेको प्रतिबेदनमा उल्लेख छ । मेरिङदेन गाउँपालिकामा ५ हजार ८ ५९ जना पुरुष र ५ हजार ९ सय ७९ जना महिला गरी कूल ११ हजार ८ सय ३८ जनसंख्या देखिएको छ । मैवाखोला गाउँपालिकामा ५ हजार १ सय ५३ जना पुरुष ५ हजार ६० जना महिला गरी कूल १० हजार २ सय १३ जनसंख्या देखिएको छ ।

आठराई त्रिबेणी गाउँपालिकामा ६ हजार ६६ जना पुरुष र ६ हजार २ सय ३० जना महिला गरी कूल १२ हजार २ सय ९६ जनसंख्या रहेको छ । फुङलिङ नगरपालिकामा १३ हजार ९ सय ८१ पुरुष र १४ हजार ४ सय ६८ महिला गरी कूल २८ हजार ४ सय ४९ जनसंख्या देखिएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकामा ५ हजार ८ सय ५८ पुरुष र ५ हजार ९ सय ४८ महिला गरी कूल जनसंख्या ११ हजार ८ सय ६ देखिएको छ । सिरिजङ्गा गाउँपालिकामा ७ हजार १ सय ७५ पुरुष र ६ हजार ९ सय ३९ महिला गरी कूल जनसंख्या १४ हजार १ सय १४ देखिएको छ । सिदिङ्वा गाउँपालिकामा ५ हजार ५ सय ३१ पुरुष र ५ हजार ४ सय ४८ महिला गरी कूल जनसंख्या १० हजार ९ सय ७९ जनसंख्या रहेको छ ।
युमा धर्मको महल नराखिएकोमा आपत्ति
यसैबीच ‘युमा धर्म’जनगणनाको प्रतिबेदनमा महलमा नराखिएको भन्दै आलोचना पनि सुरु भएको छ । युमा धर्मका एक अभियान्ता रक्की थेबेले केन्द्रीय तथ्याङ्क विभागले युमा धर्मको महल नराखेको र सार्वजनिक नगरेको प्रति आपत्ति प्रकट गर्नु भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts