बार एसोशिएसन ताप्लेजुङको भवन निर्माणको शिलान्यास

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १४ । नेपाल बार एसोशिएसन ताप्लेजुङ बार ईकाईको भवन शिलान्यास गरिएको छ । ताप्लेजुङ जिल्ला अदालत परिसर भित्र निर्माण हुने भवनको सर्बोच्च अदालतका न्यायाधीस अनिलकुमार सिन्हाले आइतवार शिलान्यास गर्नु भएको छ ।

ताप्लेजुङ बारको अहिले सम्म आफ्नै भवन छैन । यसअघि भवन निर्माणको पहल भएपनि जग्गाको अनुपयुक्तता सहितका समस्याका कारण भवन निर्माणले सार्थकता पाएको थिएन ।

नेपाल बार एसोशिएसन ताप्लेजुङ बार ईकाईका अध्यक्ष बलराम भट्टराईले स्रोतको खोजी गर्दै भवन निर्माण पूरा गर्ने बारको आगामी योजना रहेको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts