डिभिजन वन कार्यालय ताप्लेजुङद्धारा घरायसी प्रयोगमा आउने बिरुवा निःशुल्क बितरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १३ । डिभिजन वन कार्यालय ताप्लेजुङले शनिवार निःशुल्क रुममा १ हजार ५ सय थान बिरुवा बितरण गरेको छ ।

शनिवारको दिन हटिया भर्न आएका किसानलाई समेत लक्षित गरी बिरुवा बितरण गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत ललितकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार तेजपत्ता र मयुरपंखी प्रजातिका बिरुवा बितरण गरिएको छ । मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक जडीबुटीको रुपमा परिचित रहेको छ ।

सुगन्धित स्वाद हुने यसको पत्तामा आवश्यक पोषक तत्व र खनिज हुन्छ । यसमा भिटामिन ए र सी पनि पाइने जानकारहरु बताउँछन् । औषधीय गुणयुक्त तेजपत्ता क्यान्सर जस्ता घातक रोगमा पनि फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ । पेटसम्बन्धी समस्या छ भने तेजपत्ताले धेरै फाइदा पु¥याउँने समेत जानकारहरुले बताएका छन् ।

मंयुरपंखीको बिरुवा घर वरिपरीको वातावरण सौन्दर्यका लागि रोप्ने गरिन्छ । सहायक वन अधिकृत यादवका अनुसार मंयुरपंखीको बिरुवा ठूलो आकारमा फैलदैन । सानो आकारमा फैलने र तहतह वा पत्रपत्र जस्तो मिलेर रहने भएकोले यो बिरुवा घर र घर वरपरको वातावरण सजावटका लागि निकै लाभदायक मानिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts