पाथीभरा याङ्वरक गाउँपालिकामा सञ्चालित ५ दिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सम्पन्न

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १० । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा शनिवारबाट सुरु उद्घोषण तथा भाषणकला सम्वन्धी ५ दिने तालिम बुधवार सकिएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि आयोजित तालिमका सहभागीलाई पाथीभरा याङ्वरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ,प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौला र शिक्षा अधिकृत लासाङ तामाङले प्रमाणपत्र बितरण गर्नु भएको थियो । तालिमका सहभागी तथा वडा सदस्य मेरमान कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहभागी आफैंले गर्नु भएको थियो ।

समापन समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष गुरुङले सहभागीको उत्साह र कार्यक्रम सञ्चालन तथा मन्त्तब्य शैलीले देख्दा तालिम प्रभावकारी भएको बिश्वास लिनुभयो । प्रमुख प्रशासकीय अधिकृत निरौलाले विगतमा आफुले पनि यस्तो तालिम लिएको स्मरण गर्दै यो तालिमका सहभागीले पाएको ज्ञान हेर्दा तालिम प्रभावकारी र सफल भएको मूल्याङ्कन आफुले गरेको बताउनुभयो । तालिम संयोजक रामकला कार्कीका अनुसार तालिममा जनप्रतिनिधि र कर्मचारी गरी ३० जनाको सहभागिता थियो ।

कार्यक्रमका सहजकर्ता पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालाो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले तालिमबाट सिकेको सीपलाई भरपुर उपयोग गर्न सल्लाह दिनुभयो । कार्यक्रमका सहभागी सबैले अभ्यास स्वरुप मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालकको भूमिका समेत आफैंले निर्वाह गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति उपाध्यक्ष गुरुङले यो कार्यक्रमको प्रभावकारी देखेर आफुमा थप सीप विकास तथा पुर्नताजकी तालिम समेत सञ्चालन गर्नुपर्ने खड्किएको बताउनुभयो । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तथा गाउँसभाका सदस्यहरु,सहायक सहजकर्ता तथा रेडियो तमोरका स्टेशन म्यानेजर बसन्त पालुङ्वा लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts